अर्थ मन्त्रीलाई सांसद यादवको प्रश्न ? वीरगंजबाट ४ खर्ब लिने, बजेट दिने बेला कञ्जुस्याई किन

वीरगञ्ज, २८ जेष्ठ । समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले राज्यले वीरगञ्ज संग कर मात्र असुल्ने काम गरेको आरोप लगाउनु भएको छ ।

आज संघिय संसदमा युवा तथा खेलकुद मन्त्रालय,शहरी मन्त्रालय तथा अर्थ मन्त्रयालयको विनियोजन विधेयक २०७६ माथीको छलफलमा बोल्दै सांसद यादवले राज्यले वीरगञ्ज संग कर मात्र असुल्ने काम गरेको आरोप लगाउनु भयो ।

राज्यलाई वीरगञ्जले वार्षीक ४ खर्ब रुपैया दिने गरेको छ तर राज्यले वीरगञ्जलाई बजेट दिन किन कञ्जुस्याई गर्छ अर्थ मन्त्रीलाई सांसद यादवले प्रश्न गर्नु भयो ।

वीरगञ्ज भन्सार,आइसिपी,सुख्खा बन्दरगाह लगाएत उद्योगहरुबाट वार्षीक ४ खर्ब लिने अर्थ मन्त्रीज्यु तर वीरगञ्जको विकाशका लागी वीरगञ्जलाई बजेट दिने बेला किन कञ्जुस्याई गर्नु हुन्छ सांसद यादवले प्रश्न गर्नु भयो ।

जुन सरकार आएपनि जुन अर्थमन्त्री आएपनि वीरगञ्जलाई हेर्ने नजरिया चेन्ज भएको छैन त्यसकारण अब कर लिने मात्र हैन वीरगञ्जको पुर्वाधार लगाएत हरेक क्षेत्रमा विकाशका लागी विषेश बजेट छुटयाउनु पर्ने मांग गर्नु भयो ।

वीरगञ्जलाई देशकै आर्थीक राजधानीको रुपमा विकाश गर्न शहरी विकाश प्राधीकरण गठनको मांग समेत गर्दै सांसद यादवले त्यसका लागी विषेश बजेट समेत छुटयाउन अर्थमन्त्रीलाई आग्रह गर्नु भयो ।

error: Content is protected !!