मेलानको खुल्ला रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरे

वीरगन्ज २६ जेष्ठ । रक्तदान जिवन दान भन्ने नाराका साथ आईतबार वीरगन्जको घण्टाघर चौकमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन ।

मेडिकल लेबोरेट्री एशोसिएशन अफ नेपाल (मेलान) पर्साले आफनो १४ औं स्थापना दिवसको अवसरमा वीरगन्जमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४ महिला सहित ६१ जनाले रक्तदान गरेको हो ।

घण्टाघर चौकमा आयोजित रक्तदान कार्यक्रममा रिन्कु साह, सविना थापा, अन्जली चौधरी, संजय पटेल, रामविश्वास साह, संन्जय गुप्ता, धिरेन्द्र साह, सर्मानन्द कुशवाहा, नवल किशोर चौधरीले रक्तदान गरेका छन ।

त्यसैगरी संस्थाका अध्यक्ष विपिन चौरसिया, मनोज साह, मजीद मिया, दिपेन्द्र थापा, तईयब हुसैन, रामप्रकाश प्रसाद मकेश्वर साह, अवध किशोर ठाकुर, सन्तोष सिंह लगायत ६१ जनाले रक्तदान गरेको संस्थाका सचिव संजय पटेलले बताए ।

बढ्दो गर्मी तथा हुने गरेको दुर्घटना रगतकै कारण ज्यान जान नपरोस् भन्ने उदेश्य तथा रक्तसंचार केन्द्रमा हुने गरेको रगतको अभावलाई पुर्ति गर्नको लागि संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेर आफनो स्थापना दिवस मनाएको सस्थाका अध्यक्ष चौरसियाले बताए ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!