वीरगन्ज महानगरपालिकामा पनि बहिरा विद्यालयको स्थापना

कृप्या बहिराहरुको बारेमा जथाभावी समाचार सम्प्रेसन नगर्न अध्यक्ष श्रेष्ठको अनुरोध
वीरगन्ज,जेठ २४ । वीरगन्ज महानगरपालिकामा पनि आफ्नै भवनमा बहिरा बालबालिकाहरुको विद्यालय संचालन हुने भएको छ ।

वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीको विशेष पहल र वडा अध्यक्षा तुफन अंसारीको सक्रियतामा वीरगन्जको राधेमाई विद्यालयमा वहिरा विद्यालयको संचालन हुन लागेको पर्सा बहिरा संघका अध्यक्ष सगुन श्रेष्ठले बताउनु भयो ।

नगर प्रमुख सरावगीको विशेष पहलमा  वीरगन्ज महानगरपालिकाको राधेमाईमा रहेको श्रीनेरा प्राथमिक विद्यालयलाई मर्मत गरी बहिराहरुको विद्यालय संचालन गरिने निर्णय गरिएको अध्यक्ष सगुन श्रेष्ठले बताउनु भयो ।

विद्यार्थीहरुको न्युन उपस्थितीको कारण बन्द भएको नेपाल राष्टिय प्राथमिक विद्यालयको भवनलाई अथासिघ्र मर्मत गरी वहिरा विद्यालय संचालन गर्ने नगर प्रमुख सरावगीको निर्णय सनुसार वहिरा विद्यालय संचालन हुन गइरहेको जनाइएको छ ।

साथै  आगामि आर्थिक बर्ष देखि बजेट व्यवस्थापन गरिने गरी उक्त विद्यालयमा एक जना सांकेतिक दोभासे शिक्षक दर्वबन्दी समेतको वीरगन्ज महानगरपालिकाले व्यवस्थापन गरेको छ ।

वीरगन्ज महानगरपालिकाको नगर प्रमुखमा विजय कुमार सरावगी आएदेखि बहिराहरुको बृति विकास तथा उथ्थानमा चहिने सहयोग महानगरपालिकाबाट प्रदान हुदै आए पनि स्थानिय केहि संचार माध्यमहरुले जथाभावी समाचार सम्प्रेशन गरेको प्रति पर्सा बहिरा सघंको गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष सगुन श्रेष्ठको भनाइ समेत रहेको थियो ।

बहिरा,अपागं अथवा दृष्टिबिहिनहरुको बारेमा बुझदै नबुझेर जथाभावी समाचार सम्प्रेशनले समाजमा गलत समाचारको प्रवाहि हुने प्रति सजग हुन श्रेष्ठको गुनासो समेत रहेको थियो ।

error: Content is protected !!