व्यवसायीक खेतीमा जोड दिन नगर प्रमुख सरावगीको अहवान

महानगरपालिकाद्धारा कृषिसम्बन्धी स्थलतग घुमती तालिम सुरु
वीरगन्ज,२४ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले परम्परागत भन्दापनि व्यवसायीक खेतीमा जोडदिन  अनुरोध गर्नुभएको छ ।

महानगरपालिकाद्धारा आयोजित एक दिने स्थलगत खुम्ती तालिमको उदघाटन गर्दै नगर प्रमुख सरावगीले व्यवसायीक खेतीको माध्यमद्धारा नगदे वालिहरुमा आधारित खेती गर्न महानगरका कृषकहरुलाई अनुरोध गर्नुभयो ।

उहाले कृषि पेशालाई महानगरपालिकाले विशेष ग्राह्यतामा राखेको बताउदै कृषकहरुको आर्थिक अवस्थालाई सुधारको लागी व्यवसायीक,आर्गेनिक तथा सामुहिक खेतीको लागी प्राविधिक ज्ञान तथा विकासको बारेमा महानगरपालिकाले समय समयमा विभिन्न अभियानहरु चलाउने बताउनु भयो ।

महानगरपालिकाको वडा नम्बर ३०को लालपर्साबाट सुरु भएको एक दिने तालिम महानगरपालिकाको १७देखि ३२वटै वडामा संचालन गरिने कार्यक्रममा जानकारी समेत गराइएको थियो ।

वडा अध्यक्ष अमानत मियां अंसारीको अध्यक्षतामा सम्पन्न भएको उक्त एक दिने तालिममा भिन्डि खेतीबारे महानगरपालिकाका प्राविधिक सहायक ओम प्रकाश राम र नाप्रस प्रमुख रामले अत्याधुनिक तरिकाबाट भिन्डिको खेत ी कसरी गर्नेबारे सिकाएका थिए ।

error: Content is protected !!