श्री साइँ ड्रीकिंङ्ग वाटर इण्डष्ट्रीज प्रदेश २ कै उत्कृष्ट उधोगमा छनौट

बीरगन्ज , जेठ २४ । खाध प्रबिधि तथा गुण नियन्त्रण बिभागले बीरगन्जको श्री साइँ ड्रीकिंङ्ग वाटर इण्डष्ट्रीजलाइ प्रदेश नम्बर २ कै उत्कृष्ट उघोगको रुपमा छनौट गरेको छ ।

खाध प्रविधि तथा गुण नियन्त्रण विभागले एघारौ राष्ट्रिय खाध स्वच्छता दिवस २०७६ को अवसरमा स्वच्छ र गुणस्तरीय खाध पर्दाथहरु उत्पादन गर्ने खाध प्रविधि घरेलु तथा साना उघोग तर्फ प्रदेश नं २ का उघोगहरु मध्ये बीरगन्जको श्री साइँ ड्रीकिंङ्ग वाटर इण्डष्ट्रीजलाइ उत्कृष्ट उघोगको रुपमा छनौट गरेको हो ।

काठमाडौंमा आज एक बिशेष समारोहमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले श्री साइँ ड्रीकिंङ्ग वाटर इण्डष्ट्रीजका संचालक प्रेम कुमार झालाइ प्रमाणपत्र वितरण गरेका छन ।

सो समारोहमा कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री राम कुमारी चौधरी, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जोशी र खाध प्रबिधि तथा गुण नियन्त्रण बिभागका महानिर्देशक संजीव कुमार कर्णले गुणस्तरीय उत्पादन गर्ने उघोगलाइ पुरस्कृत र गुणस्तरहिन उत्पादन गर्नेलाइ दण्डित गर्ने बताएका थिए ।

बीरगन्जमा दर्जनौ मिनरल एव ड्रीकिंङ्ग वाटर उघोगहरु संचालित रहेको छ । आदर्शनगर पुरानो पानी टंकि स्थीत श्री साइँ ड्रीकिंङ्ग वाटर इण्डष्ट्रीजले ठुलो जारमा मात्र खानेपानी सप्लाइ गर्दै आएको छ ।

उपभोक्ता को स्वास्थ को प्राथमिकता नै हाम्रो मुख्य प्राथमिकता रहेको एव अगामी दिनमा अझ गुणस्तरीय उत्पादनमा जोर दिने संचालक प्रेम कुमार झा बताउनु हुन्छ ।

error: Content is protected !!