कोमाबाट बाहीर ल्याउन नारायणी रंगशालालाई विशेष बजेट दिन सांसद प्रदिप यादवको मांग

वीरगंज,१९ जेष्ठ । संघिय समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले देशकै पुरानो रंगशालाको रुपमा रहेको नारायणी रंगशालालाई पुनर्निमार्णको लागी विषेश बजेट छुटयाउन मांग गर्नु भएको छ ।

बजेट सम्बन्धी छलफलमा संघिय संसदमा बोल्दै सांसद यादवले नारायणी रंगशाला देशकै पुरानो रंगशाला भएकोले राज्यले यस्को मर्मत सम्भारमा विषेश बजेट छुटयाएर कोमामा गइसकेको यस रंगशालालाई सुधार गर्न आग्रह गर्नु भयो ।

सांसद यादवले दशरथ रंगशाला पछि देशकै दोस्रो रंगशालाको रुपमा रहेको नारायणी रंगशालालाई मर्मत सम्भार तथा पुनर्निमार्णमा राज्यले बेवास्ता नगरेर यसलाई पुनर्निमार्ण गर्न सकियो भने अन्तराष्ट्रिय स्तरको रंगशालाको रुपमा विकाश गर्न सकिने बताउनु भयो ।

नारायणी रंगशालाको आफनै १८ विगाहा जग्गा रहेको छ २०४२ शालमा स्थानीयले बनाइ दिएको यो रंगशालामा त्यो बेलाको पञ्चायती व्यवस्थाको सरकारले पनि एक पैसा हालेको थिएन सांसद यादवले भने ।

स्थानीयको सहयोगमा बनेको यस रंगशालालाई थोरै पैसाको आवश्यक्ता छ सांसद यादवले भने कोमामा जाने अवस्थामा गइसकेको यस रंगशालालाई मर्मत सम्भारको आवश्यक्ता रहेकोले विषेश बजेटको व्यवस्था गर्न आग्रह गर्नु भयो ।

अन्तराष्ट्रिय स्तरको रंगशाला भएकोले मर्मत सम्भारबाट त्यसलाई पुननिर्माण गरेर अन्तराष्ट्रिय खेलहरु समेत खेलाउन सकिने जानकारी दिनु भयो ।

यदी सरकारले यस रंगशालालाई मर्मत सम्भार गरेर अहिलेको अवस्थामा बनाउन सकेन भने यदी पुर्णरुपमा धवस्त भयो भने अहिलेको सरकार संग बनाउन धेरै समस्या हुने बताउनु भयो ।

error: Content is protected !!