प्रदेश २ लाई बजेटमा उपेक्षा,सौताको व्यवहार गरियो : सांसद प्रदिप यादव

बीरगंज, १९ जेष्ठ । समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष एवम संघिय सांसद प्रदिप यादबले सरकारले लयाएको २०७६÷०७७ को बजेटले प्रदेश नम्बर २ लाई उपेक्षा गरेको बताउनु भएको छ ।

आर्थिक वर्ष २०७६र०७७ को बजेटमाथि आइतबारदेखि संसदमा शुरु भएको छलफलमा बोल्दै सांसद यादबले अर्थमन्त्रीले जेष्ठ १५ गते प्रस्तुत गर्नु भएको बजेटमा प्रदेश २ लाई उपेक्षा गर्नुको साथै सौताको व्यवहार देखाएको बताउनु भयो ।

सांसद यादवले भने बजेट पुर्ण रुपमा केन्द्रमुखि छ, प्रदेश २ लाई विभेद गरिएको छ, त्यसकारण सरकारले प्रदेश २ लाई स्पेशल बजेट दिनु पर्ने बताउनु भयो ।

संसदमा बोल्दै सांसद यादवले गत बर्षको तुलनामा प्रदेश २ मा ३ अर्ब रुपैया कम बिनियोजन गरेको बताउँदै प्रदशे न. २ लाई समृद्ध बनाउन कम्तीमा ३० देखि ४० अर्ब रुपैया बिनियोजन गर्नुपर्ने बताउनु भयो ।

उहाँले केन्द्रीय तथा प्रदेश सरकारको सम्बन्धलाइ मजबुत बनाउनका लागि समान रुपमा बजेट बिनियोजन गर्नुपर्ने बताउनु भयो ।

सांसद यादबले निजगढ अन्तराष्ट्रिय बिमानस्थल प्रदेश न. २ को मुटुमा रहेको बताउँदै त्यसको लागि बजेट नराखिएको तर पोखरा अन्तराष्ट्रिय विमानस्थलका लागी बजेट छुटयाइएकोले यस्मा विभेद गरिएको बताउदै सांसद यादवले निजगढ विमानस्थलका लागी पनि विषेश बजेट छुटयाउन मांग गर्नु भयो ।

error: Content is protected !!