अपहरण पछी बालकको हत्या, गोली हानेर अपहरणकारी पक्राउ

वीरगन्ज । एक शिशुको अपहरण गरि हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगर -३ छपकैयाबाट गत शुक्रबार स्थानीय शम्भु साहको ८ वर्षीय छोरा करणको अपहरण गरि हत्या गरेको आरोपमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

मंगलबार साँझ कलैया उपमहानगर – ११ का २१ वर्षीय रामदिनेश महतो , भारतीय नागरिक विकास शर्मा र कलैयाकै सिकेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको हो ।

शर्मा र साहलाई प्रहरीले गोली हानी नियंन्त्रणमा लिएको थियो । गत शुक्रबार बिहान १० बजे घरबाटै अपहरण गरिएका शिशुको मंगलबार कलैया उपमहानगर – २५ मा गाडिएको अवस्थामा शव फेला परेको थियो ।

पर्साका प्रहरी उपरिक्षक रेवती ढकालका अनुसार आरोपिहरुले हत्या गरेको स्विकार गरेपछि पक्राउ गरिएको हो ।

अपहरणको भोलीपल्ट हत्या गरिएको र हत्याको कारण
व्यक्तिगत रिसइवी भएको अनुसंधानमा खुलेको छ ।

पक्राउ परेका भारतीय नागरिक शर्मा मृतक बालकको घर नजिकै डेरा लिएर बस्दै आएको र घटनाको मुख्य योजनाकार नै शर्मा भएको प्रहरीले जनाएको छ ।

error: Content is protected !!