सशस्त्र प्रहरी अलौको सक्रियता तस्करी आशंकामा दाल बोकेको ३ वटा ट्रयाक्टर पक्राउ

वीरगंज । सशस्त्र प्रहरीले भारत तर्फ तस्करी गर्न उदेश्यले लगीरहेको दाल बोकेको ३ वटा ट्रयाक्टर पक्राउ गरेर भन्सार बुझाएको छ ।

वीरगंजबाट पश्चिम तर्फ जादै गरेको दाल बोकेको ३ वटा ट्रयाक्टर सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट अलौबाट डिउटीमा खटेको सशस्त्र प्रहरीको टालीले कोनिया चेक प्वान्ट बाट पक्राउ गरेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट अलौका प्रमुख सशस्त्र प्रहरी निरीक्षक ओमराज बानीयाले जानकारी दिनु भयो ।

ना १ त ५४०७,ना १ त ९३८५ र ना १ त ३८५५ नम्बरको ट्रयाक्टरमा लोड गरिएको दालको बिलबिजक समेत नरहेकोले चोरी तस्करीका माध्यमले भारत तर्फ गइरहेको आशंकामा पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक बानीयाले बताउनु भयो ।

ट्रयाक्टरसंगै चालकहरु विन्दवासीनी गाउपालीका बस्ने विरोधी यादव,प्रमोद यादव र शम्भस पटेललाई समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरिक्षक बानीयाले बताउनु भयो ।

पक्राउ गरिएको दाल सहित ट्रयाक्टर र चालकहरुलाई सशस्त्र प्रहरी बल रुद्र बाहिनी प्रदेश नम्बर २ को समन्वयममा वीरगंज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरिक्षक बानीयाले बताउनु भयो ।

पक्राउ गरिएको दालको बजार मुल्य १७ लाख ७० हजार ३ सय रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!