थारु समुदायका लागी विवाह भवन तथा नाच घरको सांसद यादवद्वारा शिलान्यास

वीरगंज,११ जेष्ठ ।  वीरगंज महानगरपालीका वडा नम्बर ३१ सोलखपुर थारु बस्तीमा निर्माण हुन लागेको विवाह भवन तथा थारु नाच घरको एक कार्यक्रमका विच संघिय सांसद प्रदिप यादवले शिलान्यास गर्नु भएको छ ।

सांसद पुर्वाधार विकाश साझेदारी कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको थारु नाच घर तथा विवाह भवनको समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले शिलान्यास गर्नु भयो ।

शिलान्यास पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले अब बन्ने यस विवाह भवन तथा थारु नाच घरले आफनो धर्म संस्कृती पहिचान जोगाउन सधै एकजुट भएर लाग्ने थारु समुदायका लागी ठुलो सहयोगी भुमिका निर्वाह गर्ने बताउनु भयो ।

नेपालको धर्ती पुत्रका रुपमा रहेका थारु समुदायले आफनो धर्म संस्कृती जगेर्ना, रक्षा तथा पहिचान जोगाई राखन् अन्य समुदाय भन्दा थारु समुदाय सदैव सक्रिय रहने गरेको प्रति सांसद यादवले प्रसंशा समेत गर्नु भयो ।

सांसद यादवले माघी पर्व तथा अन्य थारु महोत्सवमा मात्र देखीने थारु नाच तथा थारु संस्कृती झल्कीने झाँकी प्रदर्शन अब उपरान्त यस थारु नाच घरमा पनि विवाह तथा अन्य उत्सवमा पनि देख्न पाइने भएकोले यस थारु नाच घरले आफनो संस्कृती जोगाउन थारु समुदायलाई ठुलो मद्धत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

शिलान्यास कार्यक्रममा समाजवादी पार्टीका नेता एवम प्रदेश सांसद जन्नत अंसारी,वीरगंज महानगर कार्यपालीका सदस्य सुशिल साह कानु,पार्टीका नेता एवम पुर्व गाविस अध्यक्ष मुखदेव पञ्जियार,पार्टीका नेता सुलेमान अंसारी,जितेन्दर यादव, दाउद अंसारी,फुला देवी,मइमुर्ती पाश्वान,विन्दा देवी लगाएत स्थानीयको उल्लेखनिय उपस्थिति रहेको थियो ।

उक्त विवाह भवन तथा थारु नाच घर २० लाखको लागतमा निर्माण हुन लागेको हो ।

error: Content is protected !!