पोखरिया नगरपालिकामा नेकपाको डेलिगेशन, बढदो अपारदर्शी र वेथिती रोक्न मांग

बीरगन्ज । पर्साको दोश्रो सदरमुकामको रुपमा मानिने पोखरिया नगरपालिकामा बढदै गएको अपारदर्शीता तथा वेथितीलाई नियंत्रण गर्न मांग गर्दै नेकपाले ज्ञापन बुझाएको छ ।

शुक्रबार नेकपा पोखरिया नगर कमिटीका अध्यक्ष एवं पूर्व सभासद प्रदुमन चौहानको अगुवाईमा गएको नेता कार्यकर्ताको टोलीले ८ बुंदे मागं सहित ज्ञापन बुझाएको हो ।

चौहानको नेतृत्वको टोलीले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव रेग्मीलाई ज्ञापन बुझाउदै नगरपालिकाबाट हाल सम्म भएगरेका कामको प्रमाणित विवरण मांग गरेको हो ।

पछिल्ला दिनमा गोप्यरुपमा टेण्डर , कोटेशन, तथा आफना नाता र परिवारका व्यक्तिलाई उपभोक्ता समितीमा राखेर जनप्रतिनिधीहरुले अनियमित्ता गरेको आरोप बढन थालेपछि नेकपाले नगरपालिकामा ज्ञापन बुझाएर हरहिसाब पारदर्शी गर्न मांग गरेको छ ।

नगरपालिकामा कुनैपनि योजनाको पादर्शीता नभएको , सुचना अधिकारी नभएको , बजारमा जथाभावि माछामासु वितरण भइरहेको , चापाकल जडान गर्ने नाममा ५ लाख आफना आसेपासे लाई वितरण भएको ,

सार्वजनिक तथा समाजिक परिक्षण मार्फत योजना , बजेट संचालन तथा अन्य सेवा वितरणबारे जनतालाई जानकारी नगराएकोले नेकपाले नगरपालिकाका गतिविधी पारदर्शीगर्न मांग गरेको नेकपा पोखरियाका अध्यक्ष प्रदुमन चौहानले बताए ।

यस्कालागि गत वर्ष र चालु आर्थिक वर्षको लेखा परिक्षणको प्रतिलिपी समेत मांग गरिएको चौहानले बताए ।

नगरपालिका भित्रको अपादर्शीता रोक्नकोलागि नेकपाले पहिलो चरणमा ज्ञापन दिएर सुचना मांग गरेको र नगरपालिकाले वेथिती र भ्रष्टाचारलाई नियंत्रण नगरे सघर्षमा समेत उत्रिने नेकपा पोखरियाले जनाएको छ ।

डेलिगेशनमा नेकपा पोखरिया सचिव पन्नालाल पटेल, प्रमोद गिरि, बिनिलाल पटेल लगायतका नेकपा नेताहरु सहभागि थिए ।

ज्ञापन बुझदै नगरका प्रशासकिय अधिकृत रेग्मीले ज्ञापनलाई सुझावको रुपमा लिने र थप जिम्मेवार बन्दै १ महिना भित्र सबै खाले हरहिसाब प्रस्तुत गर्ने बताए । नेकपाको मांगलाई बोर्ड बैठकमा प्रस्तुत गरिने समेत रेग्मीले आश्वासन दिए ।

error: Content is protected !!