नगरप्रमुख सरावगीद्वारा इफ्तारी सामग्री बितरण

वीरगञ्ज,जेठ १० । वीरगञ्ज महानगरपालिकाले इफ्तारी सामग्री बितरण गरेको छ ।
मुस्लीम धर्मावलम्बीहरुको चलिरहेको एक महिने इदपर्वलाई मध्यनजर गर्दै इफ्तारी सामग्री बितरण गरिएको हो ।
महानगरपालिकामा रहेको सबै मस्जीदहरुमा केला,सेव,सर्वत,चिनि एवम खजुर लगायतका इफ्तारी सामग्री बितरण गरिएको हो ।
सबै धर्म,समुदायलाई सम्मान गर्ने नगर प्रमुख सरावगीको सोच अनुसार अहिले चलिरहेको रमजान पर्वमा महानगरपालिकाको पनि साथ र सहभागीता रहेको भन्दै महानगरपालिकामा रहेका सबै मस्जीदहरुमा  इफ्तारी सामग्री बितरण गरिएको जनाइएको छ ।
error: Content is protected !!