किड्स प्लानेटमा बालबालिकाको दन्त परिक्षण

बीरगन्ज । बीरगन्ज महानगरपालिका ११ श्रीपुर स्थित वालवालिकाको आधारभूत शिक्षाकोलागि स्थापना भएको किड्स प्लानेट (मैनटेसरी स्कुल) का बालबालिकाको दन्त परिक्षण गरिएको छ ।

मासिकरुपमा हुने नियमित स्वास्थ परिक्षणको क्रममा शुक्रवार बालबालिकाहरुको दंत परिक्षण गरिएको हो ।

३ वर्ष देखी ६ वर्ष उमेर समुहका ३० जना बालबालिकाको दंत परिक्षण गरिएको किड्स प्लानेटका प्रीन्सपल मौसम भांगरले जानकारी दिनु भयो ।

दन्त चिकित्सक डा. राजेश स्वर्णकारको टोलीले बालबालिकाहरुको दन्त परिक्षण गरेको थियो ।

किड्स प्लानेटमा अधारभुत प्रयोगात्मक सिकाई, खेलाई , पौषटीक अहारको प्रबन्धका साथै प्रत्येक महिना बालबालिकाको स्वास्थ परिक्षण समेत हुने गरेको विधालयका डाइरेक्टर डा. उमेश चौरसियाले बताउनु भयो ।

बीरगन्जको परिवेशमा पहिलो पटक प्रयोगात्मक विधीबाट कलिला बालबालिकाहरुलाई प्रत्यक्ष अवलोकन र महशुश गराएर सिकाउने उदेश्य राखेर किड्स प्लानेटको स्थापना भएको विधालयका डाइरेक्टर चौरसियाले बताउनु भयो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!