वीरगंज, ९ जेष्ठ । नेपाल बिद्यार्थि संघ पर्साले बिहीबार जिल्ला प्रशासन कार्यालय पर्साको मुल गेट अगाडी एक घण्टा धर्ना दिएको छ ।
बिभिन्न मागहरु राखी संघले एक हप्ता अगाडी जिल्ला प्रशान कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको थियो ।
आम जनता संग प्रत्यक्ष सरोकार रहेको विषयलाई गम्भीरता पुर्वक नलिईएको भन्दै पटक पटक लिखित तथा मौखिक रुपमा जानकारी गराउँदा पनि आफ्ना मागहरुको सुनुवाइ नभएपछि बाध्य भएर धर्ना दिनुपरेको नेपाल बिद्यार्थि संघ पर्साका उपाध्यक्ष विकेश पटेलले जानकारी दिनु भयो ।
संघले निजि बिद्यालयहरुमा बिद्यार्थिहरुलाई दश प्रतिशत छात्रबृति दिनुपर्ने, स्कुल बसहरुमा एकरुपता गर्नुपर्ने, सरकारी स्कुलहरुमा भर्ना शुल्क नलिने र लिएकाको फिर्ता गर्नुपर्ने तथा दिवा खाजा कार्यक्रम सबै ठाउँमा कार्यन्वयन गर्नुपर्ने र पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने लगायतका मागहरु राखेर शान्तिपुर्ण विरोध एवम धर्ना बाट पनी मांग हरूको सुनुवाई भएन भने चरणबद्ध रूपमा आन्दोलन गर्ने उपाध्यक्ष पटेलले चेतावनी दिनु भयो ।
धर्नामा नेविसंघपर्साका अध्यक्ष विश्वास रंजनं द्विवेदी,उपाध्यक्षद्वय बिकेश पटेल, रुद्र हल्दार, सचिबद्वय प्रभात सिँह, अब्दुल कयुम, बिबेक गुप्ता, मन्जीब मिश्रा लगायत पदाधिकारी हरुको सहभागिता रहेको थियो ।
यसमा तपाईंको प्रतिक्रिया: