सिमा सुरक्षा तथा राजस्व छली नियंत्रणमा सशस्त्र प्रहरी सक्रिय

बीरगंज । पर्सामा भारत संग सिमा जोडिएको १ सय ७ किल्लो मिटर खुल्ला सिमानाको सुरक्षा तथा खुल्ला सिमानाकाको कारण हुने राजस्व चोरी तस्करी नियंत्रण गर्न सशस्त्र प्रहरी सक्रिय देखिएको छ ।

सिमानाकाहरूमा हुने सशस्त्र प्रहरीको दैनिक गस्तीले सिमानाकाको सुरक्षा तथा राजस्व चोरी तस्करी नियंत्रण गर्ने तर्फ सशस्त्र प्रहरी सक्रिय देखिएको हो ।

नेपालकै मुख्य भन्सारको रूपमा रहेको बीरगंज भन्सार कार्यालयको सुरक्षा एवम राजस्व चोरी तस्करी नियंत्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले खुल्ला नाकाका कारण हुने भन्सार राजस्व चोरी तस्करी नियंत्रण गर्ने तर्फ कडाई का साथ सक्रिय भएर कडा निगरानी गरिरहेको छ सिमा नाकाहरूमा ।

सात महिनाको अन्तरालमा सशस्त्र प्रहरीको भन्सार राजस्व गस्ती टोलीले ५ करोड भन्दा बढीको भन्सार छलीका विभिन्न समानहरू पक्राउ गरी बीरगंज भन्सार कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तिलक खडकाले जानकारी दिनु भयो ।

सशस्त्र प्रहरीले भन्सार छली भित्रयाइएको लता कपडा,शटिंग शुटिंग, मरिच,केराउ, हार्डवेयर समाग्री र चार चक्के गाडी लगाएतका समानहरूलाई भन्सार कार्यालयलाई बुझाएको छ भने लागुऔषध तथा हाथ हथियार पक्राउ गरी कार्यवाहीको लागी प्रहरीको जिम्मा लगाएको छ ।

अपराधिक गतिविधि नियंत्रण तथा चोरी तस्करी रोक्न सिमानाकाहरूमा व्यापक रूपमा कडाई गरिएको छ सशस्त्र प्रहरी नायव उपरीक्षक तिलक खडकाले बताउनु भयो ।

भन्सार राजस्व छली चोरी पैठारी नियंत्रणमा सशस्त्र प्रहरी बल सक्षम रहेको पनी उनले दावी गरे ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!