पटेर्वासुगौलीमा निरन्तर छापामारी, लागुऔषधको पाकेट क्षेत्र भएको पुष्टि

बीरगंज,०७ वैशाख । पर्साको उतरपश्चिम क्षेत्र पटेर्वासुगौली गाउपालिका लागुऔषध गांजा,चरेशको मुख्य भण्डारण क्षेत्र भएको समाचार दुई साता अगाडि देखि प्रकाशीत हुँदै आएको छ ।

यो समाचार प्रकाशीत भईरहदा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक आषिश अधिकारीले आफनो क्षेत्रमा त्यस्तो केही नभएको प्रतिकृया दिदै आएका थिए ।

तर अहिले जिल्ला प्रहरी कार्यालयको विशेष सुराकीको आधारमा बाध्यतावस पटेर्वा सुगौली प्रहरीले गरेको छापामारीमा धमाधम लागुऔषध बरामद भईरहेका छन् ।

पटेर्वा सुगौली ईप्रकाले एक साता भित्रै फेरि प्रहरीले ३ क्विन्टल लागु औषध तथा चरेस बनाउन प्रयोग हुने सामग्रीहरु समेत बरामद गरेको छ । गत शुक्रबार मात्र करिब ३ क्विन्टल ६३ किलोग्राम गाँजा र ७ किलोग्राम चरेस साथै गाँजाका लागी प्रयोग हुने उपकरणहरु बरामद गरेको थियो ।

गाउँपालिकाको वडा नम्बर ५ देउरियाबाट पुनः करिब २९४ किलोग्राम लागुऔषध तथा सामग्रीहरु बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीले पछिल्ला दिनहरूमा तस्करहरू संग नजराना बुझी भण्डारण र ओसार पसार गराउदै आएका थिए ।

यसबारे समाचारहरू प्रशारण भएपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्सालाई स्पष्टीकरण सोधेपछि अहिले पटेर्वासुगौली क्षेत्रमा व्यापक छापामारी भईरहेको छ ।

प्रहरीले विभिन्न घर तथा खेतमा लुकाईछिपाई राखेको ४२ किलोग्राम चरेस ,१ क्विन्टल ७८ किलोग्राम गाँजा र ७४ किलोग्राम गाँजाको धुलो बरामद गरेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार प्रहरीले स्थानीय ठग ओझैयाको घरमा रहेको धानको भकारीबाट मात्रै २२ किलोग्राम चरेस ,२४ किलोग्राम गाँजा साथै चरेस बनाउन प्रयोग हुने ११ थान मेसिन तथा काठको २३ थान साचो बरामद भएको छ ।

भने बाँकी परिमाणको लागू औषध विभिन्न व्यक्तिको खेतबारीबाट बरामद भएको हो । पछिल्लो समय लागु औषध ओसारपसारमा नियन्त्रण गरेपछि प्रहरीले झण्डै ११ क्विन्टल लागूऔषध बरामद गरेको छ ।

मकवानपुरका पहाडी क्षेत्रबाट पर्सा राष्ट्रिय निकुञ्ज हुँदै तस्करहरुले गाँजा चरेस लगायत लागुऔषध भारत पुर्याउने गरेको स्थानीयहरु बताउँछन ।

error: Content is protected !!