विवाह भवन शिलान्यास पछि जन्ताको गुनासो सुन्दै सांसद यादवले भने समस्या समाधान गर्न गम्भीर भएर लाग्छु

बीरगंज,०५ जेष्ठ । वीरगंज महानगरपालीका वडा नम्बर २१ ताजपुर टोलमा निर्माण हुन लागेको विवाह भवनको एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले शिलान्यास गर्नु भएको छ ।

सांसद पुर्वाधार विकाश साझेदारी कार्यक्रम अन्तर्गत सांसद यादवको संसदीय कोषबाट २० लाखको लागतमा निर्माण हुने उक्त विवाह भवनकोे शिलान्यास गर्नु भएको हो ।

शिलान्यास पछि आयोजित कार्यक्रममा बोल्दै सांसद यादवले निर्माण सम्पन्न भइसकेपछि यस विवाह भवनले यस क्षेत्रका जनताका लागी ठुलो सहयोगी भुमिका निर्वाह गर्ने बताउनु भयो ।

 

गरिब किशान मध्यम वर्गका आमनागरिकले विवाहको बेला होटलहरुमा लाग्ने ठुलो धनराशीको बचत हुने भएकाले यस विवाह भवनलाई निर्माण गर्न आफनो श्रमदान समेत गर्न स्थानीयलाई आग्रह समेत गर्नु भयो ।

सांसद यादवले आफना बालबालीकाहरुलाई शिक्षीत बनाउन सधै स्कुल पठाउने बानी बसाल्न पनि स्थानीयलाई आग्रह गर्नु भयो । शिक्षाको क्षेत्रमा मधेश धेरै पछाडी परेको बताउदै सांसद यादवले आफना बालबालीकाको उज्वल भविष्यका लागी शिक्षाको ज्योतीबाट टाढा नराख्न आग्रह गर्नु भयो ।

बालबालीका शिक्षीत भयो भने मात्र आफनो हक अधिकार प्रति जागरुक हुन सक्ने भएकाले पढाईमा कुनै कञ्जुसयाई नगर्न स्थानीयलाई आग्रह गर्नु भयो ।

कार्यक्रम पछि घरदैलोका क्रममा जनताहरुको गुनासा सुन्दै सांसद यादवले आमनागरिकले उठाएका धेरै जसो समस्या सामाधानका लागी आफुले सक्दो पहल गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा क्षेत्रिय सचिव राधाकृष्ण रौनियार,एकाई अध्यक्ष निरञ्जन पटेल,उपाध्यक्ष कृष्ण कुशवाहा,कोषाध्यक्ष इनरदेव महतो,नगर सदस्य भोज महतो र युवा नेता राजन पटेल लगाएत स्थानीयको उलेखनिय उपस्तीथी रहेको थियो ।

error: Content is protected !!