पटेर्वासुगौलीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अपरेशन, ठुलो मात्रामा लागुऔषध बरामद

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका ५ देउरियामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा छापा मारेर ठुलो मात्रामा लागुऔषध गाँजा र चरेस बरामद गरेको छ।

यस आनलाइनले केही दिन अगाडी पटेर्वासुगौली लागुऔषध गाँजा भण्डारको हब बन्दै गएको समाचार सम्प्रेषण गरेपछी जिल्ला प्रहरी कार्यालय पर्साको कडा निर्देशनमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले छापामारी गरेर ठुलो मात्रामा लागुऔषध बरामद गरेको हो ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले देउरिया गाउँबाट ३ सय ८५ केजी गाजा र १९ केजी चरेश बरामद गरेको हो ।

देउरिया गाउँमा विगत केही दिनदेखि गाजा र चरेशको व्यापक कारोबार भइरहेको सूचनाको आधारमा गाउँपालिकाका जनप्रतिनिधिको आग्रहमा प्रहरीले गाउँमा रहेका १०५ वटा घरमा खानतलासी र छापा मारेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

छपामारीको क्रममा प्रहरीले गाजा र चरेश च्याप्ने फलामका औजार पनि बरामद गरेको छ। देउरियाका पुसन माझीको घरबाट ५५ केजी गाजा र सात केजी चरेश बरामद भएको थियो।

यस्तै गाउँभन्दा पूर्वतिर रहेको कुलो छेउमा पनि फालिएको अवस्थामा १४ वटा बोरामा रहेको ३०१ केजी गाजा बरामद गरिएको छ । गाजा बरामद भएको घरका घरधनी माझी भने फरार रहेको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो फेरि छापा मार्ने क्रममा थप १२ केजी चरेश र २९ केजी गाजा स्थानीयको घरबाट बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

error: Content is protected !!