समाजवादी युवा विधार्थीद्वारा सीडीओलाई ज्ञापन, झुठा मुद्दा खारेजीको मांग

वीरगंज । समाजबादी पार्टी नेपालको भातृ संगठन समाजबादी बिद्यार्थी फोरम र समाजवादी युवा फोरमले समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरु माथी लगाइएको झुठा मुद्धा खारेजीको माग गर्दै प्रमुख जिल्ल अधिकारी मार्फत गृह मान्त्रालयलाई ज्ञपानपत्र बुझाएको छ ।

जिल्ल अध्यक्ष एजाजबाबु राकी तथा जिल्ला ईन्चार्ज प्रकाश शर्माले प्रमुख जिल्ला अधिकारी नारायण भटराईलाई ज्ञापन पत्र बुझाउदै पार्टीका नेता तथा कार्यकर्ता माथी लगाएको झुठो मुदा खारेज नगरे आफुहरु चरणबद्ध आन्दोलनको घोषना गर्ने जनाएको छ ।

पार्टी अध्यक्ष एवम उपप्रधानमन्त्रि तथा स्वास्थय मन्त्रि उपेन्द्र यादवलाई एभिन्युले ईन्टरभ्युको बहानामा गरेको व्यवहार अर्मयादीत, अपमानजनक तथा पत्रकार अंचारसहिता बिपरित रहेको पार्टीकोे ठहर रहेको ज्ञपानपत्रमा उल्लेख गरीएको छ ।

अभद्रर व्यवाहर गर्ने पत्रकार शुशिल पाण्डेलाई कारवाहीको माग समेत गरीएको छ । प्रेस स्वतन्त्राको पक्षमा रहदै आएका पार्टी अध्यक्ष यादवलाई दुरव्यवहार गर्ने पत्रकारलाई कारवाही तथा पर्सा संगठनका केही नेताहरु माथी लगाएको झुठो मुदा अबिलम्ब खारेजीको माग गरेको छ ।

सोही बिषयलाई लिएर एभिन्युज बीरगजमा भएको तोडफोडको घटनालाई निन्दनिय बताउदै दोषी पता लगाई कारवाहीको माग समेत गरेको छ ।

ज्ञापन पत्र बुझाउने क्रममा केन्द्रीय सदस्य जनार्दन यादव,कार्यबाहक अध्यक्ष सुन्दर कुर्मी, जिल्ल सह ईन्चर्ज रामनरेश यादव,केन्द्रि सदस्य पुरुषोतम झा, प्रदेश सदस्य शशीकपुर मिया, नेता सिपु तिवारी,जिल्ला सदस्य तबरेज अहमद लगाएतको सहभागीता रहेको थियो ।

error: Content is protected !!