समाजबाट दाइजोप्रथा अन्त्य गर्न सबै जातीय समुदाय सक्रिय हुन जरुरी – सांसद यादव

वीरगंज,१ जेष्ठ । वीरगंज महानगरपालीका वडा नम्बर २४ रामगढवामा निर्माण हुन लागेको गोपाल सेवा समितीको भवनको एक कार्यक्रमका विच संघिय सांसद प्रदिप यादवले शिलान्यास गर्नु भएको छ ।

विभिन्न दाताहरुको सहयोगमा निर्माण हुन लागेको भवनको समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य सांसद यादवले विधिपुर्वक पुजापाठ गरेर शिलान्यास गर्नु भएको हो ।

शिलान्यास पछि आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले हाम्रो समाजबाट दाइजो प्रथा अन्त्य गर्न सबै जातीय समुदायहरु एक जुट भएर लाग्न आग्रह गर्नु भएको छ ।

समाजमा विकृतीको रुपमा जरो गाडेको दहेज प्रथाको अन्त्यका लागी हामी सबै एकजुट भएर लागे यसको अन्त्य हुने कुरामा सांसद यादवले जोड दिनु भयो । हामी सबै एक जुट भयौ भने मात्र हाम्रो समाजबाट दहेज प्रथाको अन्त्य गर्न सकिन्छ सांसद यादवले भने ।

जातीय समुदायबाट हाम्रो समाजलाई कसरी उत्थान गर्न सकिन्छ त्यस तर्फ विषेश ध्यान दिन आग्रह गर्नु भयो । सांसद यादवले सबै जातजाती समुदायले समाजको क्लयाणको लागी जातीय संस्थाहरु पनि सक्रिय हुन जरुरी रहेको बताउनु भयो ।

सांसद यादवले बालबालीकाको उज्वल भविष्यका लागी शिक्षाको क्षेत्रबाट बञ्चीत नगर्न हामीले आफना बालबालीकालाई स्कुल पठाउने कार्यमा विषेश ध्यान दिन आवश्यक रहेको कुरामा जोड दिनु भयो ।

गोपाल सेवा समितीका अध्यक्ष सुरेन्द्र यादवको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य जनार्दन यादव,समाजवादी पार्टीका पर्सा जिल्ला सह इन्चार्ज राम नरेश यादव,शिक्षक महासंघको प्रतिनिधि शिवनारायण यादव,कृषीका पुर्व हाकीम कैलाश यादव,नेपाली कांग्रेसका जिल्ला सदस्य विरेन्द्र यादव, समाजवादी पार्टीका महानगर अध्यक्ष इश्वर यादव,गोपाल सेवा समितीका पदाधिकारी लगाएत स्थानीयको उल्लेखनीय उपस्थीती रहेको थियो ।

error: Content is protected !!