सशस्त्र प्रहरीद्वारा लागुऔषध सहित एक पक्राउ

वीरगन्ज । सशस्त्र प्रहरीको वीरगन्ज भन्सार राजस्व गस्तीटोलीले प्रतिबंधित लागुऔषध ओनेरेक्स सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौडा वडा नं. ९ बस्ने अग्नी सुबेदी रहेका छन ।

सशस्त्र प्रहरीले सुवेदीको साथबाट ९६ पीस लागुऔषध ओनेरेक्स बरामद गरेको छ ।

भारतको रक्सौलबाट वीरगन्ज तर्फ आइरहेको ना ११ प २६१८ नम्बरको मोटरसाइकिललाई विशेष सुचनाको आधारमा चेकजाच गर्दा उक्त लागुऔषध सहित सुवेदीलाई समेत नियंत्रणमा लिईएको सशस्त्र प्रहरी राजस्व गस्ती टोलीका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक तिलक खडकाले जानकारी दिनु भयो ।

पक्राउ परेको लागुऔषध सहित सुवेदीलाई थप आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको सशस्त्र प्रहरी नायव निरीक्षक प्रकाश ठकुरीले बताउनु भयो ।

error: Content is protected !!