प्रहरी निरीक्षक कुशवाहाको सक्रियता, डेढ किल्लो सुन सहित एक पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले डेढ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९२ नम्बरको बस चेकजाँचका क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातोमाटेमा प्रहरीले बिहिबार बिहान डेढ किलो सुनसहित भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षका किशोर ल्वागुन बिकलाई प्रक्राउ गरेको हो ।

प्रहरीले बिकको साथबाट १ किलो ६ सय ४९ ग्राम ८ सय ९० मिलीग्राम सुन बरामद गरेको छ । बिकले दुबै खुट्टाको जुत्ताभित्र र पाइन्टको खल्तीमा सुन लुकाएर ल्याएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशुवाहाको टोलीले हेटौंडा १५ रातोमाटेबाट सुनसहित उनलाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक सिँहका अनुसार विकले ल्याएको सुनको मूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँ छ । कारोबारमा संलग्न बिक दोस्रो पटक सुन लैजादै गर्दा पक्राउ परेका हुन् ।

बरामद सुन र कारोबारमा संलग्न बिकलाई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइने प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक कुशवाहाको सक्रियताले पशुपतिनगर एरीया क्षेत्रमा अवैध गतिविधी गर्ने तथा लागुऔषध कारोबारमा संलग्न विभिन्न व्यक्तीलाई समेत कार्यवाही अगाडी बढाएपछि स्थानीय जनमानसमा प्रहरी निरिक्षक कुशवाहा राम्रो अफीसरको रुपमा चर्चा समेत हुने गरेको छ ।

error: Content is protected !!