बाराको फेटाका हावाहुरी पिडितलाई दाल चामल सहयोग

वीरगंज। भूमरीसहितको हावाहुरीबाट प्रभावित भएका बाराको फेटा गाउँपालिकाका पीडित परिवारलाई विभिन्न संस्थाले संयुक्त रुपमा सोमबार खाद्यान्न उपलब्ध गराइएको छ ।

थ्रङ्गु टासी चोइलिङ मन्टेश्वरी बुद्ध र थ्रङ्गु फेन्डे क्लिनिकको पहलमा फेटा गाउँपालिकाको भलुही भरवलियाका प्रभावित ५ सय ५० परिवारलाई दैनिक उपभोग्य सामग्री दाल र चामल उपलब्ध गराइएको हो ।

दाल चामल खरिदका लागि संस्थालाई हङकङ बुद्धिष्ट कम्प्यासन च्यारिटी फाउण्डेशन र थङ्गु बज्रयाना बुद्धिष्ट सेन्टरले आर्थिक सहयोग उपलब्ध गराएका थिए ।

हावाहुरीबाट बढी प्रभावित भएकाहरुको पहिचान गरी आवश्यक खाद्यान्न उपलब्ध गराएको थ्रङ्गु फेण्डे क्लिनिकका डाइरेक्टर वाङचुक राप्तेन लामाले बताउनुभयो ।

प्रत्येक परिवारलाई २५ किलो चामल र १० किलो दाल उपलब्ध गराइएको पनि क्लिनिकका डाइरेक्टर लामाले जानकारी दिनुभयो ।

लामा लामो समयदेखि समाजिकसेवा तथा विपत्तिमा परेकाहरुको सहयोगमा संलग्न हुँदै आउनुभएको छ ।
गएको चैत १७ गते आएको हावाहुरीले बारा पर्सामा २९ जनाको ज्यान लिएको थियो भने झण्डै २५ सय घरमा क्षति पुर्याएको थियो ।

हावाहुरीबाट बाराको फेटा गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेको थियो । कार्यक्रममा संस्था का सचिव सन्डुव लामा र लक्प टासी लामा लगाएतकाकाे सहभागीता रहेकाे थियो ा

error: Content is protected !!