सांसद यादवद्वारा मदर्सा भवनको शिलान्यास,बालबालीकाको पठन पाठनमा टेवा पुग्ने

विकाश निर्माणमा अवरोध गर्नेहरु परिवर्तन विरोधी
वीरगंज,२१ वैशाख ।
वीरगंज महानगरपालीका वडा नम्बर १२ मा निर्माण हुन लागेको मदर्सा भवनको एक कार्यक्रमका वीच संघिय सांसद प्रदिप यादवले शिलान्यास गर्नु भएको छ ।

सांसद विकाश पुर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत सांसद प्रदिप यादवको संसदिय कोषबाट १० लाखको लागतमा निर्माण हुन लागको उक्त भवनको आज एक कार्यक्रमका वीच सांसद यादवले शिलान्यास गर्नु भएको हो ।

मदर्साको विधिवत शिलान्यास पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले मदर्सा भवन निर्माण भइसकेपछि यस क्षेत्रको हजारौ बालबालीकाको पठन पाठनमा टेवा पुग्ने बताउनु भयो ।

आफनो निर्वाचन क्षेत्र घुम्ने क्रममा जनताहरुले मठ, मन्दिर,धर्मशाला बनाउन मात्र आग्रह गर्ने गरेको बताउदै सांसद यादवले यस क्षेत्रका जनताले बालबालीकाहरुलाई पठन पाठनका लागी मदर्सा भवन बनाई दिन गरेको आग्रह निकै प्रशंसा योग्य रहेको बताउनु भयो ।

सांसद यादवले यस वर्षको बजेटबाट भवन निर्माण अपुग भए अगामी वर्षको बजेटबाट मदर्सा भवनलाई पुर्णता दिने विश्वास व्यक्त गर्नु भयो । संघिय समाजवदी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष समेत रहेका सांसद यादवले विकाश निर्माणका कार्यहरुमा कसैले अवरोध नगर्न आग्रह गर्नु भयो ।

वडा नम्बर १२ मुर्ली चौक देखी प्रतिमा चौक आयल निगम सम्मको बाटो फराकिलो गर्ने क्रममा विकाश विरोधी तत्वहरुले अडचन हाली रहेको बताउदै सांसद यादवले त्यस्ता त्तवहरु प्रिवर्तन विरोधी रहेको बताउनु भयो ।

विकाशका माध्यमले नै देशलाई समृद्ध बनाउन सकिने बताउदै सांसद यादवले विकाश निर्माणका कार्यमा अवरोध नगर्न सबैमा आग्रह गर्नु भयो ।

कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी,जिल्ला समन्व्य समितीका सभापति नेकमहमद अंसारी,संघिय समाजवादी फोरम नेपालका प्रदेश सदस्य शशिकपुर मिया,वडा नम्बर १२ का अध्यक्ष रामदरश कुशवाहा,वडा नम्बर १३ का अध्यक्ष तुफान फारुक अंसारी,नुरालम अंसारी,शेख रुषतम लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम घन्श्याम गुप्ताले संचालन गरेका थिए ।

error: Content is protected !!