पटेर्वा सुगौली लागुऔषध भण्डारणको हब बन्दै, इन्सपेक्टर अधिकारी संरक्षणमा

बीरगन्ज । पर्सामा पछिल्ला वर्षहरुमा प्रतिबन्धीत लागुऔषध गांजा चरेश उत्पादन, भण्डारण र ओसार पसार अपराध केहि हद सम्म नियन्त्रण भएपनि केहि महिना यता एक प्रहरी निरिक्षकका कारण यो अवैध कारोबार पुन. फरष्टाएको छ ।

इलाका प्रहरी कार्यालय पर्टेवा सुगौलीका इन्चार्ज इन्सपेक्टर आशिष अधिकारीको संलग्नतामा अहिले व्यापकरुपमा लागुऔषध भण्डारण तथा ओसार पसार भइरहेको स्थानियको गुनासो छ ।

पुन. २०६८ भन्दा पहिलाको अवस्था फर्किएको बताउदै एकजना स्थानियले भर्ने प्रहरी निरिक्षक , तस्कर र जनप्रतिनिधीहरुको समेत संरक्षणमा व्यापक रुपमा अबैध कारोबारी फेरी सल्बलाएका छन ।

पहाडी जिल्लाबाट गाजां चरेश ल्याएर भण्डारण गर्ने र रातिमा भारत तर्फ पुर्याउने गिरोह अहिले प्रहरीकै मिलोमतोमा सकृय भएको उनले बताए ।

पछिल्ला एक दशक देखी केहि हद सम्म नियंत्रण भएर समाजिक परिवर्तनको आभास भइरहेको अवस्थामा फेरी पनि प्रहरी निरिक्षक अधिकारीले तस्कर समुह संग नजराना बुझने गरेकोले यो विकृती बढेको उनले सुनाए ।

अहिले इलाका प्रहरी कार्यालय क्षेत्र अन्तर्गत ७ जना लागुऔषधका मुख्य कारोबारी संग इन्सपेक्टर अधिकारीले मासिक रुपमा जनही १५ देखी २० हजार सम्म बुझने गरेको समेत स्थानिय स्तरमा व्यापक चर्चा रहेको उनले बताए ।

जिल्लाको उत्तर पश्चिम जंगल संग जोडिएको अधिकांश क्षेत्र इलाका प्रहरी कार्यालय पर्टेवा सुगौलीको मातहतमा पर्दछ । राष्ट्रिय जंगल छेउका पहाडी र थारु बस्तीमा अहिले गांजा उत्पादन नभएपनि प्रहरी निरिक्षक आशिष अधिकारीका कारण यसक्षेत्रमा पहाडी जिल्लाबाट आउने गांजा व्यापकरुपमा भण्डारण भइरहेको स्थानिय बताउछन् ।

पटेर्वा सुगौली इलाका प्रहरी क्षेत्र भरि अहिले मकवानपुर, धादिंग लगायतका पहाडी जिल्लाबाट गांजा ल्याएर भण्डार गर्ने पुरानै शैली दोहरिएको छ ।

प्रनि अधिकारीले सुचना संकलनको नाममा सादा पोशाकका प्रहरी खटाई प्रतिबन्धीत गाजां चरेश, जंगली जनावरका खाल , हड्डी , सिंग लगायतका समान भण्डारण हुने घरलाई संरक्षण समेत दिन लगाउने स्थानियले गुनासो गरेका छन् ।

इलाका प्रहरी कार्यालय पटेर्वाका इन्सपेक्टर अधिकारी तस्करीमा संलिप्त भएपछि स्थानियले जिल्ला प्रहरीलाई गोप्य सुचना दिने गर्छन् । स्थानियले दिएको सुचनाको अधारमा इप्रका पटेर्वा सुगौली क्षेत्रमा जिल्लाबाट खटिएको टोलीले छापामारी गर्दा दुई पटक ठुलो परिमाणमा घर भित्र भण्डारण गरि राखिएको लागु औषध गाजां बरामद भइसकको छ ।

सुगौलीको वडा नम्बर १ सोनवर्षा र वडा नम्बर तिन ३ मा स्थानिय प्रहरी कै संरक्षणमा राखिएको लागुऔषध जिल्लाबाट गएको टोलीले फेला पारेपछि अधिकारी र तस्कर बीचको साठगाठ उजागर भएको थियो । अधिकारीले आफनो घुमवा खटाइ जिल्लामा सुचना गर्ने शंकास्पद व्यक्तिलाई धाकधम्की दिन लगाएको पडितहरुले बताएका छन् ।

error: Content is protected !!