लागुऔषध गाँजा भण्डारण क्षेत्रमा प्रनि दत्तको छापा

वीरगंज,१० बैशाख । पर्सामा प्रतिबन्धीत लागु औषध गांजा भण्डार क्षेत्रमा क्राइम ब्रान्चको टोलीले छापामारी गरेको छ ।

पर्साको पर्टेवा सुगौली गाउपालिका १ मा छापामारी जिल्ला प्रहरी कार्यालयको क्राइम टोलीले ठुलो परिमाणमा प्रतिबन्धीत गांजा सहित एक जनालाई नियंत्रणमा लिइएको छ ।

पटेर्वा सुगौली १ निवासी उमेश सहनीको घरमा गाजां भण्डारण गरि राखिएको गोप्य सुचनाको अधारमा क्राइम ब्रान्चका प्रहरी निरिक्षक राजेश दतको नेतृत्वमा गएको टोलीले छापामारी गर्दा ३ वटा बोरामा राखिएको ६५ किलो गांजा र हरिणको सिंग बरामद गरेको छ ।

घरबाट गांजा बरामद भएपछि प्रहरी टोलीले सहनीलाई पनि नियंत्रणमा लिइएर आवश्यक कार्यवाही अगाडी बढाएको हो । पहाडी जिल्लामा उत्पादित गाजां ल्याएर तस्कर समुहले पर्साको उत्तर पश्चिम राष्ट्रिय वन छेउछाउका गाउमा भण्डारण गर्ने गरेका छन् ।

१ दशक अगाडी गाजां उत्पादनको पाकेप क्षेत्रको रुपमा रहेको पर्टेवा सुगौली अहिले भण्डारण क्षेत्रको रुपमा परिणत भएको छ । स्थानिय प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको संरक्षणमा उक्त क्षेत्रमा अहिले तस्कर समुह पहाडी जिल्लाबाट गाजा ल्याएर भण्डारण गरिरहेका छन् ।

प्रहरीले उमेश सहनीको घरमा खानतलासी गर्दा स्थानिय वासिन्दाले केहि प्रतिवाद गरेपनि सहनीको घरबाट गाजा बरामद भएपछि स्थानियले प्रहरीलाई सघाएका थिए ।

विगत एक सातामा क्राइम टोलीले सो क्षेत्रमा दोश्रो पटक छापामारी गरेको छ । पर्साबाट गाजां उन्मुलन भएपछि पुन. पहाडी जिल्लाबाट ल्याएर भण्डारण गरि भारत पुर्याउने कार्य सल्बलाएकोले प्रहरी पनि सर्च अभियान तिब्र बनाएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए । गाजां भण्डार , ओसार पसार गर्नेहरुलाई नियंत्रण गर्न सुक्ष्म अनुसंधान र छापामारी जारी रहने ढकालले बताए ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!