रोट्रेक्ट क्लब अफ वीरगंजद्वारा मानव सेवा आश्रम तथा विपन्न परिवारलाई विभिन्न सामाग्री सहयोग

वीरगंज ९ बैशाख । रोट्रेक्ट क्लब अफ वीरगंजले आज एक कार्यक्रमका बिच मानव सेवा आश्रमलाई विभिन्न समाग्रीहरू सहयोग गरेको छ ।

क्लबले मानव सेवा आश्रमलाई १५ हजारको लता कपडा तथा खाद्यान्य सामाग्री हस्तांतरण गरेको हो।

वीरगंज महानगरपालिका वडा नं ११ मा रहेको मानव सेवा आश्रमका लक्ष्मी नारायणहरुका लागी रोट्रेक्ट क्लब अफ वीरगंजले सेनेटरी प्याड, साबुन, ओडोमल, टुथ पेस्ट, ब्रस, वाईवाई चाउचाउ, खाने तेल, तथा लता कपडा हस्तान्तरण गरिएको रोट्रेक्ट क्लब अफ वीरगंजका आयुष गुप्ताले बताए ।

यसै गरी क्लबले गण्डक बहुअरी र परवानीपुरका डोम बस्तीहरुमा ब्लेन्केट र लता कपडा वितरण गरेको छ ।

गण्डक बहुअरी र परवानीपुरमा रहेको डोम बस्तीका लगभग ३० ओटा घर परिवारमा झुल, ब्लेन्केट, लता कपडा, तथा खाद्यन्य सामाग्री वितरण गरिएको रोट्रेक्ट आयुष गुप्ताले जानकारी दिए ।

वितरण कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक चक्र बहादुर मल्ल, रोट्रेक्ट क्लब अफ वीरगंजका आयुष गुप्ता, रवि प्रकाश पण्डित, रेयाज अन्सारी लगायतको उपस्थीती रहेको थियो ।

error: Content is protected !!