नेपालका युवा ज्योतीष भारतमा सम्मानीत

वैशाख ८ वीरगंज । ज्योतिष विद्या र पुर्वीय दर्शनको क्षेत्रमा कार्यरत ज्योतिष पण्डित नवराज घिमिरे हालै भारतको दिल्लीमा आयोजीत ४२ आँै पुर्वीय दर्शन सम्मेलनमा विभिन्न पदक सहित सम्मानीत हुनुभएको छ ।

संसारभरका पुर्वीय दर्शनसँग जोडीएका मुलुकहरु नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार, उज्वेकिस्तान, अष्टे«लीया र अमेरीका समेत गरी करीब २५ देशहरुबाट आएका सहभागिहरु मध्य घिमिरे नेपालको तर्फबाट सम्मानीत हुनुभएको हो ।

उहाँले वन्दे मातरम् पदक, अन्तर्राष्ट्रिय ज्योतीष रत्न पदक र अन्तर्राष्ट्रिय ज्योतीष भुषण स्वर्णपदक प्राप्त गर्नुभएको हो । उहाँलाई प्रोफेसर डा. गोपा शास्त्री, डा. अमल कृष्ण शास्त्री, डा. रविन्द्रनाथ भट्टाचार्य र प्रोफेसर डा. रामकृष्ण शास्त्री लगाएतले पदक सहित सम्मान गर्नुभएको हो ।

मार्चको दोश्रो साता कोलकाताको छत्तरपुरमा चलेको उक्त सम्मेलनमा भाषा, साहित्य, ज्योतिष, छन्द लगाएत पुर्वीय दर्शनसँग जोडिएको सम्पुर्ण विषयहरुमा बृहत छलफल अन्तक्र्रिया गर्ने, कसैले गरेको नयाँ खोज अनुसन्धानलाई प्रमाणीत गर्ने र सोहि विषयमा उत्कृष्टता हासील गर्नेहरुलाई सम्मानीत पनि गरीन्छ ।

पुर्वीय दर्शनलाई नयाँ आयाम दिनका लागि हरेक वर्ष यस्तो सम्मेलनको आयोजना हुने गरेको आयोजक संस्था ईन्डियन ईन्स्टीच्युट अफ ओरीयन्टल हेरीटेजले जनाएको छ ।

बाराको डुमरवाना निवासी ज्योतिष पण्डित घिमिरेले भारतको कोलकाता ज्योतिष विश्वविद्यालयबाट शास्त्रीय गर्नुभएको छ भने उहाँ सटिक भविष्य वक्ताको रुपमा समेत चिनिनुहुन्छ ।

error: Content is protected !!