प्रदेश नम्बर २ मा अहिले पनि ३ लाख बालबालीका शिक्षाबाट बञ्चीत – सांसद यादव

वीरगंज,३० चैत्र । संघिय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम संघिय सांसद प्रदिप यादवले प्रदेश नम्बर २ को शिक्षाको स्तीथी अहिले पनि धेरै कमजोर देखीएको बताउनु भएको छ ।

वीरगंज महानगरपालीका वडा नम्बर ११ श्रीपुरमा संचालनमा आएको डिजिटल प्रवीधीयुक्त विदयान्जली पब्लीक स्कुलको एक कार्यक्रमका विच उद्धघाटन गर्दै सांसद यादवले प्रदेश नम्बर २ को ८ जिल्लाका ३ लाख बालबालीकाहरु अहिले पनि विधालय जान नसकेको जानकारी गराउनु भयो ।

शिक्षाको ज्योतीबाट बञ्चीत हुन नदिन विधालय आउन नसकेका बालबालीकाहरुलाई सरकारले विशेस कार्यक्रम ल्याएर पनि उनीहरुलाई विधालय ल्याउने वातावरण बनाउन आग्रह गर्नु भयो ।

धेरै सामुदायिक विधालयहरुमा अहिले पनि पढाई भन्दा पनि शिक्षकहरुको राजनिती बढी हुने गरेको कारण सामुदायिक विधालयको पढाई कमजोर भएको पाइएको सांसद यादवले बताउनु भयो ।

सामुदायिक विधालयहरुको शिक्षा मजबुत बनाउन शिक्षा क्षेत्रमा शिक्षकहरुलाई राजनीती नगर्न सांसद यादवले आग्रह गर्नु भयो । यदी राजनीती नै गर्नु छ भने शिक्षक पदबाट राजिनामा दिएर खुला रुपमा राजनिती गर्न सल्लाह दिनु भयो ।

कार्यक्रममा सांसद यादवले निजि विधालयहरुको कारण शिक्षाको स्तर बढे संगै सामुदायिक विधालयहरुको पनि शिक्षाको स्तरमा बृद्धी भएको बताउनु भयो ।

यस्तो प्रविधिको पढाइले बच्चाको शिक्षामा प्रगती हुनुका साथै बच्चाहरुको वृती विकाशमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । बहुदल आए पछि निजि विधालयहरु खुल्ने क्रम बढे संगै शिक्षाको स्तर पनि धेरै अगाडी बढेको बताउनु भयो ।

कार्यक्रममा डा. अशोक दास,समाजसेवी जसपाल सिंह,वीरगंज पब्लीक कलेजका शिक्षक युगल किशोर,बासु कर्ण,प्रमे शंकर लगाएतको उपस्थीती रहेको थियो ।

कार्यक्रममा सालु बजाजले पेपरलेस डिजिटल प्रवीधियुक्त बुकबारे जानकारी गराएकी थिइन । कार्यक्रम विधालयका प्रधानाध्यापक हृदयानन्द तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

error: Content is protected !!