महिला फोरम पर्साको अध्यक्षमा ईन्दु देवी चयन

बीरगंज,चैत २८ गते । संघिय समाजवादी महिला फोरम नेपाल पर्साको प्रथम जिल्ला अधिवेशन बीरगंजमा आज सम्पन्न भएको छ ।

विहिवार सम्पन्न महाधिवेशनबाट ईन्दु देबीको अध्यक्षतामा २१ सदस्यीय महिला फोरम नेपाल पर्सा गठन भएको छ ।

समितिको उपाध्यक्षमा रूपसिला जयसवाल सचिवमा कस्तूरी सर्राफ़ सह सचिवमा ललिता देबी राम कोषाध्यक्षमा नेषा खातुन रहनु भएको फोरम नेपालका जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सांसद प्रदीप यादवले जानकारी दिनुभयो ।

error: Content is protected !!