वीरगंजमा चैती छठको रौनक,धुमधामका साथ मनाइदै

वीरगंज,२८ चैत्र । चैती छठ पर्वको तेश्रो दिन आज साझ अस्ताउदो सूर्यको अर्घ दिएर पुजाआजा गरि धुमधामका साथ मनाइदै छ । शुक्रबार बिहान उदाउदो सूर्यलाई पूजाआजा र अघ्र्य दिई यो पर्व सम्पन्न हुनेछ ।

छठ व्रतालुले पानीमा उभिएर भक्तिपूर्वक पूजा गरी अस्ताउदो सूर्यलाई अघ्र्य दिएर सूर्यदेवको अराधना गर्छन् । कार्तिकमा हुने छठको तुलनामा कम सहभागिता भएपनि पछिल्ला केहि वर्ष यता चैती छठ पर्वमा पनि भव्य सजावट तथा वर्तालुको संख्या बढदै गएको छ ।

वीरगन्ज र पर्सा जिल्लाको ग्रामिण भेगमा समेत चैते छठमा भब्य तयारी गरीएको छ । बिभीन्न स्थानमा रहेको पोखरी र नदी जस्ता जलाशयहरु छठका निम्ती आकर्षक ढंगले सिंगारिएका छन् ।

बीरगंजको घडिअर्वा पोखरी, रानीघाट, राधेमाईटोल, नगवा, श्रीपुर, मुडली र छपकैयाको जलासय तथा नदी किनारमा भव्यताका साथ चैती छठ मनाइदै छ ।

ब्रतालुहरु घरबाट बिशेष पुजाआजाका साथ पुजाको सामाग्री छैटीमा राखी टाउकोमा बोकेर नजिकको घाटमा पुगी छठी माताको पुजा गर्ने गर्छन घाटमा गई अस्ताउन लागेको सूर्य देवतालाई नरिवलको अघ्र्य दिनका साथै भोली पल्ट बिहान उदाउदो सूर्यलाई यसरीनै अघ्र्य दिएर यो ब्रत समाप्त गरि तिनदिनको लामो उपवास तोडेर व्रतालुहरु परना गर्ने छन् ।

छठ पर्व आस्था र विस्वासका साथ गर्नाले सम्पुर्ण मनोकामना पुरा हुने छठ वर्तालुहरुको विश्वास छ । हिन्दुधर्ममा यही मात्रै एउटा यस्तो पुजा हो जस्मा डुब्न लागेको सुर्यलाई पुजा गरिन्छ र यस पुजामा प्रायः सबै समुदायका मानिसहरु बढो श्रदापुर्वक सहभागी हुने गरेका छन ।

दलित गैरदलित र जातपातको कुनै भेदभाव नगरेर एउटै घाटमा बसेर बू्रतालुहरुले सूर्यलाई अघ्र्य दिई रहेका छन् । तराईमा तराई मुलका मात्र नभई पहाडी मुलका समेत महिला पुरुषले यो ब्रत बर्षौदेखि लिएर पर्वलाई समावेशी बनाउदै आएका छन् ।

छठको ब्रत लिंदा चर्म रोग नलाग्ने, पुत्र लाभ हुने, सौभाग्य वृद्धि हुने, जस्ता धार्मिक मान्यता तथा विश्वास रहेको छ ।

error: Content is protected !!