‘आएराम,गएराम’ जस्ताहरुको पार्टीमा कुनै स्थान हुदैन,नेतृ यादव

वीरगन्ज,चैत २८ । संघीय समाजवादी फोरम नेपालको केन्द्रिय उपाध्यक्ष एवम मधेस प्रदेशको अध्यक्ष रेणु यादवले पार्टीमा पदको लागी आउन र पदसकेपछि फर्केर जानेहरुको पार्टीमा अब कुनै स्थान नरहने बताउनु भएको छ ।

संघीय समाजवादी महिला फोरम पर्साका प्रथम जिल्ला अधिवेशनको उदघाटन कार्यक्रममा बोल्दै नेतृ यादवले यस्तो चेतावनी दिनु भएको हो । उहाले विभिन्न जुक्ती लगाएर सांसद तथा प्रदेश सभासदस्यको पद हासिल गर्ने र पद सकेपछि फेरी गयाराम हुनेहरुको दिन समाप्त भएको बताउदै महिलाको बृति विकास तथा उथ्थानको लागी महिला प्रदेश सदस्यहरुलाई अगाडि बढन अहवान गर्नुभयो ।

उहाले प्रदेश सरकार र महिला प्रदेश सभासदस्यहरुको महिला विकासको लागी रचनात्मक भूमिका खेलन आवश्यक रहेको बताउदै महिला फोरमको नृेत्वमा सक्षम ,जुझारु महिलालाई अगाडि बढाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै पार्टीका जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले पार्टीका विधान प्रति समर्पित रहदै महिलाको विकासका लागी अगाडि बढने महिलाहरुलाई जिल्ला समितिमा ल्याउन अधिवेशमा सहभागी सबै महिलाहरुलाई आहवान गर्नुभयो ।

पार्टी प्रति वफादार कार्यकर्ता तथा नेतालाई मात्रै आगामि चुनावमा उम्मेदवार बनाउने भएकोले त्यस्तै महिलाहरुलाई अगाडि बढाउन सबैलाई अनुरोध गर्नुभयो ।

जिल्ला अधिवेशन उदघाटन सभामा केन्द्रिय सदस्य शशिकपूर मियां,जर्नाधन यादव,प्रदेश सरकारको अर्थ राज्यमन्त्री उषा यादव,प्रदेश अध्यक्ष संजीला यादव,पोखरीया नगरपालिकाकि उपाध्यक्ष सलमा खातुन,जिल्ला प्रवक्ता रामनरेश यादव,प्रदेश सभासदस्य भिमा यादव,नगर अध्यक्ष इश्वार यादव,सुनिता साह लागयतका नेताहरुले महिलाहरुले मधेस आन्दोलनमा खेलेको भूमिकाको बारेमा चर्चा गर्दै आउने नेृत्वलाई सबल बनाउन अग्रमि शुभकामना दिएका थिए ।

मिथिलेश सिहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर अध्यक्ष पुष्पा पान्डेले स्वागत व्यक्त गर्नुभएको थियो ।

error: Content is protected !!