निर्णय सच्याउन मांग गर्दै ससफोद्वारा सर्वोच्चको निर्णय प्रती जलाइयो

वीरगंज,२६ चैत्र । सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयको परिपत्रलाई कार्यान्वयन नगर्न जारी गरेको आदेशको विरोध गर्दै संघिय समाजवादी फोरम नेपाल पर्साले वीरगंजमा प्रदर्शन गरेको छ ।

संघिय समाजवादी फोरम नेपाल पर्साको महानगर कमीटीले सर्वोच्च अदालतको निर्णय मधेश विरोधी भएको भन्दै सर्वोच्चले जारी गरेको आदेश पत्रको निर्णय प्रती समेत जलाएको हो ।

महानगर अध्यक्ष इश्वर यादवको नेतृत्वमा रहेको विधार्थीहरुको समुहले वीरगंजको घण्टाघरमा सर्वोच्च अदालतको निर्णय विरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा युवाहरुले सर्वोच्च अदालतको निर्णय तत्काल सच्याउन मांग गरेका थिए । महानगर अध्यक्ष इश्वर यादवले नेपालको कानुन बुझी नसकनु भएको प्रतिक्रिया दिएका छन ।

अध्यक्ष यादवले एकातीर सर्वोच्च अदालतकै निर्णयबाट नै जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा जिल्ला प्रशासनले नागरिकता वितरण गरि रहेको बेला पुन सर्वोच्च अदालत द्धारा नै कार्यान्वयन नर्गन जारी गरेको आदेशले सर्वोच्च अदालतले दोहोर चरित्र देखाएको आरोप लगाउनु भयो ।

२०६३ मा जन्मका आधारमा नागरिकता लिएका सन्तानहरुलाई वंशजकै आधारमा नागरिकता वितरण गर्नु भनी संविधानमै लेखिएपनि मधेश विरोधी मान्सीकता बोकेका केही अधिवक्ताहरुले मधेशी युवाहरुलाई नागरिकता विहिन बनाएर देशमा द्धन्दको विउ रोप्न खाजेको अध्यक्ष यादवले आरोप लगाउनु भयो ।

विरोध प्रदर्शन कार्यक्रममा कार्यपालीका सदस्य अजय साह सोनार,विधार्थी नेताहरु सुजित गीरी,सफरोज अहमद,मनोज यादव,वडा अध्यक्ष तुफान फारुक ,मनमोहन पाण्डे,मुस्तकीम अंसारी, नुरालम अंसारी,शेख रुस्तम, सविना खातुन,आजाद बाबु राकी,असरफ अली,रमेश सहनी, आनन्द गुप्ता, फिरोज बादसाह,हरेन्द्र साह लगाएत संघिय समाजवादी फोरम नेपालका पार्टी,युवा,वीधार्थी लगाएत संगठनमा आवद्ध नेता तथा युवाहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

error: Content is protected !!