हावाहुरी प्रभावितलाई आमा बुवा ट्रस्ट सेवाको सहयोग

वीरगंज । हावाहुरीका कारण घरबार गुमाएका बिरगंज महानगरपालिका वडा नं.१८ भवानीपुर टोल सुखचैना का ४३ घरका पीडित परिवारले राहत पाएका छन् ।

आमा बुवा ट्रस्ट सेवा काठमाडौं र माट्रीका आई फाउन्डेसन बिरगंजले आज राहत सामग्री उपलब्ध गराएको हो । पीडितहरुको घरघरमै पुगेर राहत सामाग्री हस्तान्तरण गरिएको हो ।

ट्रस्ट का अध्यक्ष जोया श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले प्रेसरकुकर , थाल , कराई , तशला लगाएत किचेन सेट वितरण गरेको हो ।

समाज सेवामा सहयोग गर्दै आएकाहरू दावा शेर्पा , नयन डिसे , चिराक तामाङ महेश रावल , ज्ञानु चक्रदर , धुर्व लामिछाने , निकेश खड्का , पुषपन प्रधान , अर्चना श्रेष्ठ, स्टेफन थाईमन , प्रकाश हमाल , फ्रेन्च चाइस्का , सरिता बस्नेत, डा केसव सिह धामी , डा, सतिस , डा बिबेक , सुहाना ताम्राकार , आकाश नेपालले लाखौ मुल्य बराबरको राहत सामाग्री प्रदान गर्नुभएको थियो ।

राहत सामाग्री प्रभावित गाउँमा लगे पनि वितरण प्रभावकारी नदेखेपछि ट्रस्ट र फाउन्डेसनले घरघरमा पुगेर भवानीपुर , सुखचैना टोल वडा नं.१८ मा राहत हस्तान्तरण गरेको ट्रस्टका उपाध्यक्ष दिपेश श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा  वडा प्रहरी कार्यलयका श्रीपुरका प्रहरी निरिक्षक चक्र मल्ल , संचारकर्मीद्वय आबिद हुसेन लगाएत युवाहरूको उपस्थिति रहेको थियोे ।

error: Content is protected !!