धार्मीक पर्यटकीय स्थलहरुको संरक्षण आवश्यक : सांसद यादव

वीरगंज,२५ चैत्र । संघिय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले धार्मीक पर्यटकीय स्थलहरुको संरक्षण आवश्यक रहेको बताउनु भएको छ ।

वीरगंज महानगरपालीका वडा नम्बर १६ ईनर्वा गाउमा रहेको पर्यटकीय स्थल तथा धार्मीक स्थलको रुपमा रहेको हनुमान मन्दिर प्रांगणको कम्पाउण्ड वालको विधवत रुपमा शिलान्यास गर्दै सांसद यादवले धार्मीक स्थलको संरक्षण र उत्थानमा आफु तत्पर रहेको बताउनु भयो ।

आफनो संसदीय क्षेत्र लगाएत पर्साको विभिन्न धार्मीक पर्यटकीय स्थलहरुको जिर्णोदार र उत्थानका लागी संघिय सरकारको विभिन्न सरोकारवाला निकायमा पहल गरेको समेत बताउनु भयो ।

आर्थीक समाजीक रुपान्तरणको लागी पर्यटकीय र धार्मीक स्थलको संरक्षण पनि आवश्यक भएको सांसद यादवले बताउनु भयो । कार्यक्रममा सांसद यादवलाई इनर्वाका स्थानीयहरुले यस गाउमा एउटा धर्मशाला निर्माण गर्न अति आवश्यक भएकोले धर्मशाला निर्माणमा सहयोग गर्न आग्रह गरेकोमा सांसद यादवले अगामी आर्थीक वर्षको बजेटबाट २० लाख रुपैया छुटयाएर धर्मशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

पुर्वाधार विकाश साझेदारी कार्यक्रम अन्तर्गत १० लाखको लागतमा निर्माण हुन लागेको हो । कार्यक्रम वडा नम्बर १६ का वडा अध्यक्ष श्यामबाबु चौरसीयाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा संघिय समाजवादी फोरमका नेता लालदेव यादव,फरिद आलम लगाएत स्थानीयको उल्लेखनिय सहभागीता रहेको थियो ।

error: Content is protected !!