वंशजको नागरिकता बुझदै आमनागरिकले भने सांसद यादवले जनताको मन जिते

वीरगंज,२४ चैत्र । जिल्ला प्रशासन कार्यालय पर्साले आज देखी जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण सुरु गरेको छ ।

गृह मन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानले आमा र बाबु दुवैको नागरिकता ल्याए नागरिकता बनाइदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दिएको निर्देशनको पालना गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण गर्न सुरु गरेको हो ।

वंशजको आधारमा नागरिकता पाउनेमा वीरगंज महानगरपालीका वडा नम्बर १३ का सुरेन्द्र साह सोनार र तारा देवी सोनारका जुम्ल्याहा सन्तानलाई वंशजको आधारमा नागरिकता उपलब्ध गराइएको हो । २० वर्षीय अन्नु कुमारी सरार्फ र विकाश कुमार सरार्फले आइतबार जिल्ला प्रशासन कार्यालय पर्साबाट वंशजको आधारमा नागरिकता प्राप्त गरेका हुन ।

यस्तै वीरगंज महानगर १३ कै महमद आलम र सबाना खातुनका छोरा १८ वर्षीय मोहमद शेख अरमान आलमले पनि वंशजको आधारमा नागरिकता पाएका छन । नागरिकता प्राप्त गर्दै सरार्फ दिदी बहीनीले सांसद प्रदिप यादवलाई धन्यावाद व्यक्त गरेका थिए । उहाको अथक प्रयासले आज हामीले वंशजको आधारमा नागरिकता पाएका छौ वंशजको नागरिकता पाएकी अन्नु कुमारी सरार्फले सांसद यादवलाई भनिन् ।

नागरिकता नभएर हामीले खाता खोल्ने तथा विदेश पढन जानुका साथै कुनै पनि कामका लागी अप्ठयारो भइरहेको बेला जनताको असली नेताको रुपमा सांसद ज्युले गम्भीरता पुर्वक आफना नागरिकको समस्या आफनो समस्या ठानेर वंशजको आधारमा नागरिकता पाउने अवसर जुटाई दिनु भएकोमा यहालाई हार्दीक आभार व्यक्त गर्दछु वंशजको नागरिकता पाएका महमद अरमान आलमले सांसद प्रदिप यादवलाई भने ।

तिनै जनालाई पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईले नागरिकता हस्तानतरण गर्नु भएको थियो । सांसद यादवले यस क्षेत्रको जनताको समस्या मैलै आफनो समस्या बुझेर काम गर्ने गरेकोले मेरो अथक प्रयासले आज मेरो क्षेत्रको साथ साथै देशै भरीका जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउने वातावरण बनेकोले आफु पनि खुशी भएको बताउनु भयो ।

दुवै परिवारका बुवाले जन्मको आधारमा नागरिकता लिएका थिए भने आमाले वैवाहीक अंगीकृत नागरिकता लिएका थिए । जन्मका आधारमा नागरिकता पाएकाको सनतानले वंशजको आधारमा नागरिकता पाउनु पर्ने मांग गर्दै विगत लामो समय देखी संघिय समाजवादी फोरम नेपालका सांसद यादवले सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए ।

सांसद यादवको पक्षमा फैशला गर्दै सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई संविधानअनुसार वंशजको नागरिकता दिन सरकारलाई आदेश गरेको थियो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!