पटेल द्धारा हवाहुरी प्रभावित एसईई विधार्थीलाई सहयोग

बीरगन्ज ।  संघिय समाजवादी फोरम नेपाल ,बारा जिल्ला कार्यवाहक अध्यक्ष अजय पटेलले हावाहुरी प्रभावित क्षेत्रका एसईई विधार्थीलाई सहयोग गर्नु भएको छ ।

प्रभावित क्षेत्रका विधार्थीहरुलाई नेता पटेलले आवश्यक सामग्रीका साथै खाजा र जुस वितरण गरेका छन् । पटेलले परिक्षार्थीहरुको सुविधा तथा पठन पाठनकालागि प्रभावित क्षेत्रमा जनरेटर संचालनगरि उज्यालोको प्रबन्ध मिलाएका छन् ।

शुक्रवार बाराको जब्दीमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयमा रहेको परिक्षा केन्द्रमा विहान पुगेर फोरम नेता अजय पटेल तथा नेकपा युवा नेता मनोज चोधरीले विधार्थीहरुलाई परिक्ष्ाँ सामग्री ,खाजा तथा जुस वितरण गरेका थिए ।

error: Content is protected !!