घाईतेहरुको अवस्था प्रति चिन्तीत मुख्यमन्त्री तथा सांसद यादव निरन्तर जानकारी लिदै

वीरगंज,२३ चैत्र । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत तथा संघिय सांसद प्रदिप यादवले गएको आईतबार आएको बिनाशकारी हावाहुरी बाट गम्भीर घाईते भएकाहरूको अवस्थाबारे निरन्तर जानकारी लिने क्रम जारी राख्नु भएको छ ।

बिनाशकारी हावा हुरीबाट बारा र पर्सामा घाइते भएकाहरुको शनिबार मुख्यमन्त्री राउत तथा सांसद यादव सहित पर्सा स्थीत सुरक्षा निकायका प्रमुखहरुले अवस्थाबारे जानकारी लिनु भएको हो ।

घाइतेहरु संग भेटघाट गरेर मुख्यमन्त्री राउतले उपचारमा कुनै समस्या भए मलाई तत्काल खबर गर्न जानकारी दिनु भयो । घाइतेहरुको उपचार सरकारले निशुल्क गरिरहेको जानकारी गराउदै मुख्यमन्त्री राउतले प्रदेश सरकार जनताको शुख दुखमा सदैव साथ रहेको बताउनु भयो ।

संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले गम्भीर घाइतेहरु संग अवस्थाबारे जानकारी लिदै उपचारमा हेलचक्रयाई तथा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गर्नु भयो ।

घाईतेहरुको उपचार सरकारले निशुल्क रुपमा गर्ने भएकोले उपचारमा कुनै प्रकारको कञ्जुसयाई नगर्न अस्पताललाई निर्देशन समेत दिइएको सांसद यादवले बताउनु भयो ।

मुख्यमन्त्री संगै टोलीमा पर्साका प्रमुख जिल्ला अधिकारी नाराया प्रसाद भटराई,पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल लगयायतले बीरगज स्थित नारायणी अस्पताल,नेशनल मेडिकल कलेज,बीरगज हेल्थ केयर, एल एस न्युरो अस्पतालमा पुंगी घाईतहरुको अवस्था बारे जानकारी लिएका थिए ।

error: Content is protected !!