हावाहुरी प्रभावितलाई राप्रपा राष्ट्रवादीका नेता रानाद्वारा राहत वितरण

बारा । हावाहुरीका कारण घरबार गुमाएका बाराको पुरैनिया तथा भरवलीयाका पीडित परिवारलाई राप्रपा राष्ट्रवादीका सह महामन्त्री प्रदिप विक्रम राणाले राहत सामग्री वितरण गरेका छन ।

पीडितहरुको घरघरमै पुगेर नेता राणाले राहत सामाग्री हस्तान्तरण गरेका हुन । शुक्रबार विहानै प्रभावीत गाउमा पुगेका नेता राणाले पानी ,विस्कुट,चाउचाउ र बालबालीकाहरुका लागी कापी कलम समेत वितरण गरेका थिए ।

राहत सामाग्री प्रभावित गाउँमा लगे पनि वितरण प्रभावकारी नरहेको समाचार सुने पछि नेता राणाले आफै घरघरमा पुगेर फेटा गाउँपालिका वडा नं.१ र ६ पुरैनिया टोलमा राहत हस्तान्तरण गरेको श्यामसुन्दर पुडासैनीले जानकारी दिनु भयो ।

error: Content is protected !!