जगन्नाथपुरका २०० घरपरिवारलाई उद्योग वाणिज्य संघद्वारा राहत वितरण

वीरगञ्ज, २१ चैत्र । गएको आइतवार साँझ एक्कासी आएको हावाहुरीबाट पीडितहरुको सहयोगार्थ पर्सा जिल्ला अन्तर्गत जगन्नाथपुरका २०० घरपरिवारलाई वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज राहत सामग्री वितरण गरेको छ ।

राहत सामग्रीमा चामल, दाल, तेल, नुन, बाल्टी, मग, सोयाबडी, झुल लगायतका आवश्यकीय वस्तुहरुको रहेको थियो । वीउवासङ्घका कार्यवाहक अध्यक्ष सुबोधकुमार गुप्ताको सक्रियतामा उक्त राहत सामग्री वितरण गरिएको थियो ।

पर्साका सांसद प्रदीप यादव, सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, पूर्व अध्यक्ष अशोककुमार टेमानी तथा गणेशप्रसाद लाठ, स्थानीय जनप्रतिनिधिहरु, वीउवासङ्घका सचिवालय प्रतिनिधिहरुको उपस्थितिमा राहत सामग्रीहरु वितरण गरिएको थियो ।

error: Content is protected !!