हावाहुरी प्रभावितलाई समाजसेवी र वडा कार्यालयद्वारा राहत वितरण

बारा । हावाहुरीका कारण घरबार गुमाएका बाराको फेटा गाउँपालिका ६ का पीडित परिवारलाई जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २३ ले विहिबार राहत सामग्री उपलब्ध गराएको छ ।

पीडितहरुको घरघरमै पुगेर वडा कार्यालयले राहत सामाग्री हस्तान्तरण गरेको हो । वडा अध्यक्ष अस्लम देवानको नेतृत्वमा पुगेको टोलीले दाल, चामल, विस्कुट, चाउचाउ जस्ता खाद्यान्न सामाग्री तथा टेण्ट एवं लत्ता कपडाहरु वितरण गरेको हो ।

यस्तै लामो समयदेखि समाज सेवामा सहयोग गर्दै आएका चितवनको भण्डारा घर भई हाल काठमाडौ बसोबास गर्दै आएका समाजसेवि माउन्ट एभरेष्ट (8848m) ट्रेकिङ गियर प्रा.लि.का संचालक तथा तेजमणी सेढाइका छोरा होमनाथ सेढाई , सीता कुमारी सेढाई ,मन्जु सेढाईले ५ लाख मुल्य बराबरको राहत सामाग्री पनि प्रदान गर्नुभएको थियो ।

राहत सामाग्री प्रभावित गाउँमा लगे पनि वितरण प्रभावकारी नदेखेपछि वडा कार्यालयले आफै घरघरमा पुगेर फेटा गाउँपालिका वडा नं.१ र ६ पुरैनिया टोलमा राहत हस्तान्तरण गरेको वडा अध्यक्ष देवानले बताउनु भयो ।

कार्यक्रममा वडा सचिव संजय महतो ,रहिम मंसुरी ,मुस्ताक आलम मंसुर , जितेन्द्र गुप्ता ,संचारकर्मी आबिद हुसेन लगाएत युवाहरूको उपस्थिति रहेको थियो ा

error: Content is protected !!