हावा हुरी प्रभावीतलाई लायन्सद्वारा राहत वितरण,सांसद यादवले भने समाजीक संस्थाहरुको सहयोग अतुलनिय

वीरगंज,२१ चैत्र । हावा हुरीको विपतीबाट प्रभावीत भएकाहरुलाई लायन्स क्लब इन्रनेशनलले राहत समाग्री वितरण गरेको छ । वीरगंज महानगरपालीका वडा नम्बर १८ को सुखचैना,वडा नम्बर २२ को जनगरनाथपुर र सौराहाका प्रभावीतहरुलाई लायन्स क्लब इन्रनेशनलले राहत समाग्री वितरण गरेको हो ।

हावा हुरीबाट बढी क्षती भएको वीरगंज महानगरको सुखचैनाका १ सय २५ घर परिवारलाई लायन्स क्लब इन्टरनेशनलले राहत समाग्रीको रुपमा अति आवश्यक पर्ने त्रिपाल , झुल , चामल , दाल , नुन , तेल , मशाला , आलु प्याज,टर्च लाईट र भुईमा ओछयाउने फोमको चटाई वितरण गरिएको थियो ।

त्यसैगरी जगरनाथपुरमा ४० तथा सौराहामा ३० घर परिवारलाई राहत समाग्री वितरण गरिएको हो । हावा हुरीबाट प्रभावीतहरुलाई राहत वितरण गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले निजी क्षेत्रबाट विभिन्न संघ संस्थाहरुले यस्तो विपदको बेला ठुलो मन राखेर सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नु भयो ।

हावा हुरी बाट प्रभावीत भएकाहरुलाई आइतबार राती देखी नै अहिले सम्म समेत निजी क्षेत्रबाट विभिन्न व्यक्ती तथा संस्थाहरुले पीडीतहरुका लागी खाना खुवाउने देखी लिएर बस्नका लागी त्रिपाल तथा अस्थायी रुपमा टेन्ट समेत निर्माण गर्ने कार्य गरि रहेकोमा प्रशंसाको पात्र रहेको बताउनु भयो ।

घरबार विहिन भएकाहरुको लागी सरकारले पनि राहत एवम पुनर्वासका लागी युद्ध स्तरमा काम सुरु गर्न आग्रह गर्नु भयो । सांसद यादवले जनताको हरेक शुख दुखमा आफु सदैव साथ रहने विश्वास व्यक्त गर्नु भयो ।

राहत वितरणमा प्रदेश सांसद जन्नत अंसारी,जिल्ला समन्वय समितीका सभापति नेकमहमद अंसारी, लायन्स क्लब इन्टरनेशनलका नेश्नल डाइरेक्टर रमेश अग्रवाल,एरीया कोअर्डीनेटर राघव अर्चाय,बासु तिमलसिना, स्नेहा खेतान,संघिय समाजवादी फोरम नेपालका महानगर अध्यक्ष इश्वर यादव, समाजवादी युवा फोरमका सरोज यादव,कुन्दन कुर्मी,लगाएत स्थानीयको उपस्थीती रहेको थियो ।

error: Content is protected !!