शिवशक्ति वचतद्वारा हावाहुरी प्रभावित क्षेत्रमा राहत वितरण

 वीरगंज। भिषण हावाहुरीबाट प्रभावित बाराका पिडितहरुलाई ओम शिवशक्ति वचत तथा ऋण सहकारी संस्था वीरगंजले राहत वितरण गरेको छ ।

हावाहुरी प्रभावित फेटा गाउँपालिकाको भलुवही, भरवलिया र चैनपुमा बुधबार राहत वितरण गरेको हो । हावाहुरी पिडितहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको ओम शिवशक्ति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अरुण साहले वताए ।

अध्यक्ष साहको नेतृत्वमा गएको टोलिले बाराका विभिन्न प्रभाती क्षेत्रहरुमा पुगेर घरदैलो गर्दै लगभग ८ सय परिवारलाई राहत तथा खाद्यान्न सामग्री वितरण गरेको हो ।

खाद्यान्न सामग्रीमा अण्डा, पाउरोटी, विस्कुट, फ्रुटी, चाउचाउ लगाएतका सामग्रीको पोका बनाई वितरण गरीएको अध्यक्ष साहले जानकारी गराए ।

error: Content is protected !!