सांसद यादवको लामो संघर्षपछि जन्मसिद्ध नागरिकका सन्तानले पाउने भए वंषजको नागरिकता

वीरगंज,२० चैत्र । संघिय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवको लामो संघर्ष तथा अथक प्रयास पछि जन्मसिद्धका आधारमा नागरिकता लिएकाहरुको सन्तानले वषंजका आधारमा नागरिकता पाउने भएका छन ।

जन्मको आधारमा नागरिकता लिएका (जन्मसिद्ध) नागरिकका सन्तानले बाबु र आमा दुवैको नागरिकता ल्याए वंशजको नागरिकता पाउन बाटो खुलेको हो ।

जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानले नागरिकता नपाएका कारण बेहोर्नुपरेको समस्यालाई गम्भीरता पुर्वक लिएका पर्सा निर्वाचन क्षेत्र ंनम्बर १ बाट निर्वाचीत सांसद यादवले मिति २०७४ साल साउन २५ गते वीरगञ्ज महानगरपालिका कार्यालय, पर्सा जिल्ला प्रशासन कार्यालय, गृहमन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र व्यवस्थापिका संसदविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए ।

सांसद यादवको पक्षमा फैशला गर्दै सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई संविधानअनुसार वंशजको नागरिकता दिन सरकारलाई आदेश गरेको हो ।

संविधानमा जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबु र आमा दुवै नेपाली भए वंशजको नागरिकता पाउने उल्लेख छ ।

जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकताबाट वञ्चित गराएको प्रति संघीय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवले जेठ ४ गते सांसदमा घोर आप्ती जनाउदै नागरिकता प्रदान गर्न माग गरेका थिए ।

नागरिकताको कारण नेपाली नागरिकहरुले पाउनुपर्ने मौलिक अधिकारबाट वञ्चित भईरहेको प्रति दुःख व्यक्त गर्दै सांसद यादवले दिनानुदिन सरकारको ढोका घच्घच्याउँदै आएका थिए ।

पटक–पटक राज्यको न्यायीक ढोका ढक्ढकाएर भएपनि अन्ततः जनताको माग सम्बोधन हुनुलाई सांसद यादवले खुशीको पल भएको बताएका छन् ।

गृह मन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानले आमा र बाबु दुवैको नागरिकता ल्याए नागरिकता बनाइदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

error: Content is protected !!