घाइतेहरुको अवस्था बुझन् मुख्यमन्त्री तथा सांसद यादव अस्पतालमा

बीरगंज १९ चैत्र । प्रदेश न. २ का मुख्यमन्त्रि लालबाबु राउत गदी तथा सांसद प्रदिप यादव लगायतकोे टोलिले आज बहुअरी स्थित बिरगंज हेल्थ केयरमा हावाहुरी बाट घाइते भएकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिनु भएको छ ।

टोलिमा मुख्यमन्त्रि राउतसँगै प्रदेश न. २ का भौतिक बिकासमन्त्रि जितेन्द्र सोनल, सांसद प्रदिप यादव, राजपाका नेता शरदसिंह भण्डारी, राजेन्द्र महतो, अनिल झा लगायत रहनुभएको थियो ।

घाइतेहरुलाई भेटेपछि टोलीले उपचारका लागि कुनै कसर बाँकी नराख्न आग्रह गरेको थियो ।

यसैबिच बिरगंज हेल्थ केयर अस्पतालले हावाहुरीमा परि घाईते भएकाहरुको उपचार निशुल्क गर्नुका साथै त्यस्ता घाईतेहरुको खाना समेत निशुल्क गरिएको अस्पतालका अध्यक्ष डा अबुलेस अंसारिले बताउनु भयो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!