मुख्यमन्त्री तथा सांसदले लिए प्रभावीतहरुको अवस्थाबारे जानकारी

वीरगंज,१९ चैत्र । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गदी तथा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले हावाहुरी प्रभावीत क्षेत्रहरुको अवस्थाबारे जानकारी लिनु भएको छ ।

वीरगंज महानगरपालीका वडा नम्बर १८ सुखचैना तथा वडा नम्बर २२ जगरनाथपुरमा हावाहुरी बाट क्षती पुर्याएको स्थानहरुको अवस्थाबारे जानकारी लिएका हुन ।

हावाहुरी बाट प्रभावीतहरुको गुनासो सुन्दै मुख्यमन्त्री लालबाबु राउत गदीले प्रदेश सरकार राहत एवम उद्धार तथा पुनर्वासका लागी कुनै कसर बाकी नराख्ने बताउनु भयो ।

यस्तो विपतको समयमा प्रदेश सरकार तपाईहरुको साथमा छ मुख्यमन्त्री गदीले भने,तत्कालका लागी त्रिपाल एवम अस्थायी टेन्टहरु निर्माण गरिने तथा छिटै पुनर्वासका लागी युद्ध स्तरमा काम गरिने जानकारी दिए ।

पिडितहरुको गुनासो सुन्दै सांसद प्रदिप यादवले प्रदेश सरकारले चाडो भन्दा चाडो पिडितहरुको घाउमा मर्हम लगाउने काम गरोस भनेर मुख्यमन्त्री लालबाबु राउतलाई आग्रह गर्नु भयो ।

सांसद यादवले घरबार विहिन भएकाहरुलाई तत्काल पुनर्वासको व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गर्नु भयो । घाइतेहरुको उपचार एवम राहतका लागी पनि सरकार गम्भीरताका साथ लागी दिन समेत आग्रह गर्नु भयो । टोलीमा प्रदेश सांसद जन्नत अंसारी लगाएत स्थानीयको उपस्थीती रहेको थियो ।

error: Content is protected !!