पर्सा र बारामा तत्काल राहत र पुनर्वासको व्यवस्था गर्न सांसद यादवद्वारा संघिय सरकारलाई आग्रह

त्रिपाल पठाएर झारो टार्ने काम नर्गन संघिय सरकारलाई सांसद यादवको आग्रह

वीरगंज,१८ चैत्र । संघिय समाजवादी फोरम नेपालका युवा नेता एवम पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले आइतबार राती पर्सा र बारामा हावा हुरीले घरबार विहिन बनाएकाहरुको लागी संघिय सरकारसंग तत्काल राहत तथा पुनर्वासको व्यवस्था गर्न मांग गर्नु भएको छ ।

आफनो निर्वाचन क्षेत्र वीरगंज महानगरपालीकाको वडा नम्बर २२ जगरनाथपुर र वडा नम्बर १८ सुखचैनामा हावा हुरीले पुर्याएको क्षती एवम घाईतेहरुको स्वास्थ्य अवस्था बुझन् पुगेका सांसद यादवले यस्तो आग्रह गर्नु भयो ।

 

सांसद यादवले भने संघिय सरकारले घरबार विहिन बनेकाहरुको लागी तत्काल राहत तथा पुनर्वासको व्यवस्था गर्नु पर्छ, तिर्पाल पठाएर झारो टार्ने काम नगर्न आग्रह गरे ।

अहिले पानी पर्ने हावा हुरी चल्ने मौसम छ सांसद यादवले भने,पक्की घरहरु टिक्न सकेनन् त्रिपाल कति मिनेट टिक्ला, त्रिपालले केही समय राहत दिएपनि धेरै समय नटिक्ने भन्दै सांसद यादवले भोली झन ठुलो जन धनको क्षती हुन नदिन यस्तो विपतको अवस्थामा संघिय सरकारले गम्भीर भएर पिडीतहरुको लागी पुनर्वासको व्यवस्था गरेर अभिभावकको भुमिका निर्वाह गर्न आग्रह गर्नु भयो ।

हावा हुरीले जगरनाथपुरमा २ सय वटा घरमा क्षती पुगेको छ । घरमा रहेका खाद्यान समाग्रीहरु दाल, चामल,बाख्रा,गाई,भैसी समेत नष्ट भएका छन, त्यसैगरी सुखचैनामा १ सय ७१ वटा घरमा क्षती पुगेको छ ।

सांसद यादव संगै टोलीमा मुस्लीम आयोगका अध्यक्ष समीम मिया अंसारी,प्रदेश सांसद जन्नत अंसारी,वीरगंज महानगरपालीकाका मेयर विजय कुमार सरावगी लगाएतले घाईतेहरुको उद्धार एवम राहतमा सक्रिय भएर सबै क्षेत्रलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!