घाइतेको उपचारमा सरकारले कुनै कसर बाकी राख्दैन : प्रधानमन्त्री ओली

बीरगन्ज , चैत १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बारा पर्सामा आईतवार साझ आएको विनाशकारी हावाहुरीबाट घरवार विहिन परिवारको पुनर्वासको व्यवस्थापन सरकारले गर्ने बताउनु भएको छ ।

सोमबार प्रभावित क्षेत्रको निरिक्षण गरेपछि बीरगन्जको नरायणी अस्पतालमा घाइतेको उपचार अवस्था बुझने क्रममा संचारकर्मीलाई संक्षिप्त प्रतिकृया दिदै प्रधानमनत्री आलीले पिडित परिवारको पुनर्वास तथा घाइतेको उपचार अहिले प्रमुख कार्य भएकोले सरकारका संयंत्रहरुलाई त्यसतर्फ ध्यान केन्द्रित गर्न निर्देशन दिनु भयो ।

प्रधानमन्त्रीले प्राकृतिक आपदाबाट पिडित परिवारको उदार तथा उपचारमा सेना , प्रहरी लगायतका सुरक्षा संयंत्रका साथै नागरिक समाज , विभिन्न राजनैतिक दल तथा संघ संस्थाले खेलेको भुमिकाको प्रधानमन्त्रीले प्रसंशा गर्नु भयो । प्रधानमन्त्री ओलीले घाइतेहरुको स्वास्थ्य अवस्थाका बारेमा चिकित्सकहरुसँग आवश्यक परामर्श समेत गर्नु भएको थियो ।

स्थलगत निरिक्षणका लागि आउनु भएका प्रधानमन्त्री ओली सँगै बीरगन्जको नरायणी अस्पतालमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पुर्वाधार मन्त्री रघुवीर महासेठ, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेल प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादव सहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुको सहभागीता रहेको थियो ।

error: Content is protected !!