अपडेट – पर्सा र बारामा हावा हुरीका कारण २८ को मृत्यु, ६ सय भन्दा बढी घाइते

बीरगंज १८ चैत्र । बारा र पर्सामा आइतवार साझ आएको चक्रवात आधि हुरीका कारण मृतकको संख्या २८ पुगेको छ । सोमबार मध्यान १२ बजे सम्म पर्सामा १ तथा बारामा २७ गरि कुल २८ जनाको मृत्यु भएको छ ।

घाइतेको सख्या हाल सम्म यकिन नभएपनि बीरगन्जको विभिन्न अस्पतालमा झण्डै ६ सय भन्दा बढी घाइतेको उपचार भइरहेको छ । बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार जिल्लामा २८ जनाको मृत्यु भएको तथा ४ सय भन्दा बढि घाइते भएका छन् । त्यसैगरी पर्सामा १ जनाको मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले जानकारी दिनुभयो ।

वीरगज महानगरपालिका १८ निवासी २० बर्षीय सरोज राम रहेको पर्सा प्रहरीले जनाएको छ भने बारा प्रहरीका अनुसार बारा प्रसौनी गाउपालिका ४ निवासी ४५ बर्षीय अच्छेलाल माझी महागढीमाई नगरपालिका ७ तेलगाई निवासी ५५ बर्षीय कोईली देवी यादव, भलुही भरवलीया १ का ६ बर्षीय बालक नन्दलाल पटेल, ५५ बर्षीय हरिनरायण दास, मनोरमा देवी, रुवी देवी को बिवरण खुलेको छ भने थप बिबरण आउन बाकी रहेको छ । बाराको फेटा गाउँपालिका ६ पुरइनियाँमा सबैभन्दा बढि क्षति भएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारि पौडेलका अनुसार सो गाउँमा एकै परिवारका ४ जनासहित ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इजहार मिया अंसारीकी श्रीमती मीना खातुन, बुहारी सतिमा खातुन र उनका दुई नातीनी सम्चिदा खातुन र रुक्सार खातुनको रहेका छन। यस गाउँमा अहिले सुरक्षाकर्मीहरु भग्नावशेष पन्छाइरहेका छन् ।

बाराको भरवलिया टोलमा मात्रै झण्डै ५० भन्दा बढि घरहरु भत्किदा १ सय ५० भन्दा बढि घाइते भएको र बाराकै धर्मनगरमा इट्टाभट्टाको चिम्नी खस्दा घट्नास्थलमै ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पर्सामा सर्वाधिक क्षती बीरगन्ज महानगरको वडा नम्बर २२ जगरनाथपुर मा भएको छ ।

त्याहा ३ वडा घर भत्किए र दर्जन भन्दा बढी मानिष गम्भीर घाइते भएका छन् । जगरनाथपुरका १४ जनालाई थप उपचारको लागि काठमाण्डौ लगिएको छ । बारा पर्सा औद्योगिक करिडोरमा रहेका ठुला अद्योगहरुमा काम गर्ने जगर्नाथपुरका ११ जना कामदार घाइते भएक छन् । हावाहुरीले बारा पर्सा औद्योगिक करिडोरमा रहेका उद्योगहरुमा पनि क्षती भएको छ ।

चाचान ग्रुपको त्रिशक्ती सिमेण्ट, त्रिवेणी ग्रुपको विश्वकर्मा सिमेण्ट तथा निमबस ग्रुपको दाना कारखानामा बढी क्षती भएको छ । उद्योगमा बनाइएको जस्ताका ठुलठुला गोदाम तथा टहराहरु लडेर ५० भन्दाबढी कामदार घाइते भएका छन् ।

error: Content is protected !!