वीरगंज,१६ चैत्र । नेपाली काँगे्रस पार्टी परित्याग गरेर श्याम गिरीको नेतृत्वमा सयौको संख्यामा युवाहरु संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन ।
वीरगंज महानगरपालीका वडा नम्बर ११ रानीघाटमा संघिय समाजवादी फोरम ईकाई कमिटी श्रीपुरले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा काँग्रेस परित्याग गरी फोरममा प्रवेश गरेका सयौको संख्यामा रहेका युवाहरुलाई कार्यक्रमका प्रमुख अतिथी पार्टीका केन्द्रिय सदस्य एवम प्रदेश सांसद प्रहलाद गिरीले फुलमाला अविर लगाइ स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै सांसद गिरीले संघिय समाजवादी फोरम नेपाल प्रति जन विश्वास बढदै गएको बताएका छन । दिन प्रति दिन पार्टीमा प्रवेश गर्नेहरुको लहर देखर ठुला केही दलहरुको निन्द हराम भएको बताए । पर्सा जिल्ला विकाशमा पछि परेको मुख्य जिम्मेवार काँग्रेस र एमाले रहेको आरोप लगाउनु भयो ।
सांसद गिरीले भने दशकौ देखी काँगे्रस र एमालेमा पर्साबाट चुनाव जितेर गएका दुवै ठुला पार्टीहरु सत्तामा रहेर शुख भोगे पर्साबाट मन्त्री समेत भए तर विकाशमा भने कहिले पनि ध्यान दिएनन् । पर्सा जिल्लाको विकाश नहुनु को मुख्य दोषी यी दुई ठुला पार्टी नै भएको बताए ।
मधेश आन्दोलबाट उठेका मधेशका मांगहरुलाई सम्बोधन गराउन सरकारमा आएको संघिय समाजवादी फोरम नेपाल सरकारमा आएपछि धेरै विकाश निर्माणका कामहरुले गति लिएको उनले दावी गरे ।
कार्यक्रममा प्रदेश सांसद करिमा वेगम,केन्द्रिय सदस्य सिवजी सोनी,पर्सा सह इन्चार्ज राम नरेश यादव,पर्सा जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी,जिल्ला सदस्य अजय चौरसीया,तवरेज अहमद,प्रमोद साह,विनोद महतो,जादोलाल साह,नगर अध्यक्ष इश्वर यादव,पर्सा क्षेत्र नम्बर १ को संसदीय प्रतिनिधि घनश्याम गुप्ता,विधार्थी केन्द्रिय सचिवालय सदस्य सुजित गिरी,विधार्थीका जिल्ला अध्यक्ष एजाज बाबु राकी,पार्टीका नेता गौरीशंकर साह लगाएतको उपस्तीथी रहेको थियो । कार्यक्रम इकाइ अध्यक्ष परसन महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसमा तपाईंको प्रतिक्रिया: